तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ३० जेठ ।
गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








