‘किन लाग्छ माया’ निर्माणको घोषणा, धिरेनदेखि मिस पबीसम्म पर्दामा

काठमाडौ। एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ ।
फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।
यो फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । यो फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै फिल्मले सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन









