गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप « रिपोर्टर्स नेपाल

तनहुँ, २ असार । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।
पछिल्लो केही दिनयता मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । सरकारी अस्पतालका साथै निजी अस्पताल तथा क्लीनिकमा बिरामीको चाप बढ्ने गरेको छ ।
उपचारमा आउनेमध्ये रूघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनले भने, “अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्, उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रूघाखोकीको समस्या देखिएको छ ।”
मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सुझाब दिइएको उनले बताए ।
अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सक बताउँछन् ।
पहिलो पटक इन्डोस्कोपी सेवा
त्यसैगरी प्रदेश अस्पताल दमौलीमा पहिलो पटक इन्डोस्कोपी सेवा सुरू भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा इन्डोस्कोपी सेवा विस्तार गरिएको सो अस्पतालले जनाएको छ । इन्डोस्कोपी सेवाका लािग पोखरा, चितवनलगायत सहर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका प्रमुख डा बरालले बताए । उनले भने, “अस्पतालमा फिजियोथेरापी, अर्थोपेडिक र बालरोग विशेषज्ञ सेवा विस्तार गरिएको छ ।”
“प्रदेश मन्त्रालयबाट गाइनोक्लोजिष्ट चिकित्सक छिट्टै पठाइदिने आश्वासन पाइएको छौँ”, उनले भने, “पछिल्लो समय मन्त्रालयबाट दमौली अस्पतालका लागि विशेषज्ञ चिकित्सक पठाउने विषयमा चासो लिएकाले थप हौसला मिलेको छ ।” डा बरालका अनुसार अर्थोपेडिक सेवा थप भएसँगै हात र खुट्टा भाँचिएका सामान्य बिरामीको हकमा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २, सोमबार १२:३९नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
समाचार२०८२ असार २, सोमबार १२:३५प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रशारण
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २, सोमबार १२:३४गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २, सोमबार ०८:०९नेपाल चलचित्र निर्माता संघको १८ औं साधारण सभा सम्पन्न