नेपाल चलचित्र निर्माता संघको १८ औं साधारण सभा सम्पन्न

काठमाडौँ। नेपाल चलचित्र निर्माता संघको १८ औं साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले संस्थाको विधान पारित गर्दै १७ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष लगायतका पद कटौती गरिएको छ । महासचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरिएको छ ।
संघका अनुसार अहिले मुलुकभर १२०० चलचित्र निर्माता छन् । भदौसम्म खड्काकै कार्यकाल छ भने त्यसपछि नयाँ कार्यसमितिको चुनाव घोषणा हुने जनाइएको छ ।
साधारण सभामा प्रमुख अतिथिको रुपमा दिनेश डीसी थिए भने विशिष्ट अतिथिको रुपमा राजकुमार राई सहभागी थिए ।

असार १६ देखि ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात हुने, सोही दिनदेखि चलचित्र विकास बोर्डका सबै सेवा पनि अनलाइनमार्फत हुनेछन् ।चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभामा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’बारे उक्त कुरा बताएका हुन् ।
अहिले पनि ‘रियल टाइम बक्सअफिस’ कायमै छ । तर, असार १६ देखि औपचारिक घोषणा हुन लागेका हो । मुलुकका १६५ भन्दा सबै हल बक्सअफिसमा जडान भैसकेको जानकारी पनि उनले दिए ।
अर्कोतर्फ, बोर्डले प्रदान गर्ने सेवाहरू निर्माण इजाजत, सेन्सर सिफारिस लगायतका सेवा पनि अबदेखि अनलाइनबाटैै हुनेछन् । जसले गर्दा, चलचित्रकर्मीलाई सेवा लिन बोर्डसम्म धाउनुपर्ने छैन ।
कार्यक्रममा अध्यक्ष डीसीले अबदेखि बोर्डले सीप विकास र तालिमजस्ता कार्यक्रममा मात्र संस्थासँग सहकार्य गर्ने बताए । निर्माता संघका अध्यक्ष नवल खड्काले बनिरहेको चलचित्र विधेयकमा बोर्ड स्वायत्त हुने व्यवस्था गर्नुपर्छ भन्ने कुरालाई राज्यले बेवास्ता गरेको बताए ।
,
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









