कोशीमा हात्तीको आक्रमण बढ्दो, बिद्युतीय धरापमा परेर २ हात्ती मरे

सुनसरी- कोशी प्रदेश अन्तर्गत सुनसरी र झापाका गरी दुई वटा जंगली हात्ती मृत अवस्थामा फेला परेका छन् । हात्तीकै आक्रमणबाट १ जना घाइते भएका छन ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा करिब पाँच वर्षे जंगली भाले हात्तीको मृत फेला परेको हो ।
स्थानीय मकैबारीतर्फ जाँदै गर्दा हात्ती मरेको देखेपछि उनीहरुले वन डिभिजन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत कोशी संरक्षण केन्द्रका प्रमुख विरेन्द्र गौतमले करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान भएको बताउनुभयो । यद्यपि, पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण पुष्टि हुनेछ । घटनाबारे थप अनुसन्धानका लागि विशेषज्ञ टोली परिचालन गरिएको छ ।
यस्तै, झापाको मेचिनगर नगरपालिका–१ मा समेत करिब ४० वर्षको एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । खेतबारी जोगाउन लगाइएको अवैध विद्युतीय करेन्टले हात्तीको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।
उक्त हात्ती केही दिनदेखि सो क्षेत्रमा घुमिरहेकै अवस्थामा मृत भेटिएको हो । मृत हात्तीको पोस्टमार्टम पश्चात् थप विवरण सार्वजनिक गरिने जनाइएको छ ।
यसैबीच, सोमबार बिहान मकैबारी हेर्न गएका मेचिनगर–१ का ५० वर्षीय पूर्णबहादुर श्रेष्ठलाई हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् । घटनामा श्रेष्ठसँगै रहेका अन्य दुईजना भने ज्यान जोगाएर भाग्न सफल भएका थिए ।
मानव–वन्यजन्तु द्वन्द्व लामो समयदेखि चल्दै आएको बराह क्षेत्रमा यो घटनाले थप चुनौती थपेको छ ।
हात्तीले खेतीबालीमा क्षति पुर्याउने र कहिलेकाहीँ मानवीय क्षति हुने घटनाहरू दोहोरिरहँदा वन्यजन्तु संरक्षणमा गम्भीर समस्या उत्पन्न हुँदै गएको छ ।
मेचिनगर क्षेत्र भारतबाट पूर्वी नेपाल प्रवेश गर्ने जंगली हात्तीहरूको प्रमुख जैविक मार्गका रूपमा चिनिन्छ ।
मेचिनगर–२ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हाल सो क्षेत्रमा करिब २२ वटा हात्तीको समुह रहेको छ ।
लामो समयदेखि हात्ती र स्थानीय बासिन्दाबीचको द्वन्द्व कम गर्न पहल गरिँदै आए पनि हात्तीहरूको व्यवहार पूर्ण रूपमा बुझ्न नसकिएकाले समस्या झनै बढिरहेको उनले बताए ।
सरकारी निकायले खेतबालीमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराए पनि हात्ती तर्साउने क्रममा सर्वसाधारणले ज्यान गुमाउने घटनाहरू दोहोरिँदै गएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २, सोमबार २०:१४‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
समाचार२०८२ असार २, सोमबार १९:५८कोशीमा हात्तीको आक्रमण बढ्दो, बिद्युतीय धरापमा परेर २ हात्ती मरे
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २, सोमबार १६:५०समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
समाचार२०८२ असार २, सोमबार १२:३९नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण