पाचखालकाका १५ विपन्न घर विहीन परिवारलाई घर हस्तान्तरण

काभ्रे – काभ्रेको पाचखाल नगरपालिकाका घर विहीन विपन्न १५ परिवारलाई घर हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका अवसरमा नगरपालिकाका घर विहीन विपन्न १५ परिवारको लागि घर निर्माण कार्य सम्पन्नपश्चात् हस्तान्तरण गरिएको हो ।
पाचखाल नगरपालिकाको वडा नं ६ मा ३ वटा, वडा नं १० मा ३ वटा र वडा नं १२ मा ३ वटा घर निर्माण कार्य सम्पन्न गरी घर विहीन विपन्न परिवारको हस्तान्तरण गरिएको हो । ह्याविट्याट फर ह्युमानिटी नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र, पाचखाल नगरपालिकाको साझेदारी, सहकार्य र समन्वयमा घर विहीन विपन्न परिवारको लागि सुरक्षित आवास निर्माण गरिएको पाचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरणका कार्यकारी प्रमुख दिनेश कुमार भट्टले पुनर्निर्माण क्षेत्रमा पाचखालमा गरिएको कार्य निकै प्रशंसनीय भएको बताउनुहुँदै उहाँले, विपदपश्चात पुनर्निर्माणका कामहरू सञ्चालन भइरहेको अवस्थामा पाचखालमा भने भूकम्प तथा बाढी÷पहिरोपश्चात् प्रभावित विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै सुरक्षित आवास निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।
विपद्को सन्दर्भलाई जोड्दै गत वर्ष काभ्रेमा बाढी÷पहिरोका कारण ठुलो क्षति भएको र यसले विपद्को पूर्व तयारी र सर्तकर्ताका बारेमा सचेत गराएको उनले बताए । उहाँका अनुसार, विपद्को समयमा प्रतिकार्यका लागि सबैभन्दा पहिले समुदाय तयार हुनुपर्छ । समुदायलाई जोगाउने भनेको समुदायका व्यक्तिले नै भएकाले यसबारे नागरिक सचेत र सतर्क हुन आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विपन्न वर्गको लागि सुरक्षित आवास निर्माण कार्य सम्पन्न गरेर पुनर्निर्माण कार्यमा पाचखाल नगरपालिकाले महत्त्वपूर्ण काम गरेको बताउनुभयो । उहाँका अनुसार, यस वर्ष विपद्बाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नको लागि पूर्व तयारीका कामहरू भइरहेका छन् । राहत र उद्धारका कार्यलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।
त्यस्तै, ह्याबिट्याट फर ह्युमानिटी नेपालकी राष्ट्रिय निर्देशक एलिजा स्थापितले स्थानीय सरकार, साझेदारी निकाय शान्ति जनआदर्श सेवा केन्द्र र ह्याबिट्याट फर ह्युमानिटी नेपालको सहकार्य र साथ–सहयोगले यहाँ“ सुरक्षित आवास निर्माण सम्पन्न गर्न सकिएको बताइन् । यसका साथै उक्त कार्यका लागि जन समुदायको जनश्रमदानको योगदान पनि रहेको उनले जानकारी दिइन् । उनका अनुसार, १५ वटा आवास निर्माणका लागि प्रति आवास १० लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न गरिएको हो ।
शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्ख बुद्ध लामाका अनुसार, सुरक्षित आवास परियोजना अन्तर्गत पाचखालमा १९ वटा आवास निर्माण कार्य थालिएकोमा हाल १५ वटामा निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको र ४ वटामा निर्माण कार्य जारी रहेको छ । सेवा केन्द्रले विभिन्न संस्थाको साथ÷सहयोग र साझेदारीमा विभिन्न स्थानमा ७ सय वटा निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








