ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

धादिङ, ०९ असार ।
धादिङको ज्वालामुखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आईतबार गाउँसभाको १५ औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष यामनाथ दनैले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ज्वालामूखी गाउँपालिकाले परिकल्पना गरेको “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामूखीको मूल आधार” भन्ने दीर्घकालीन सोंच समेतका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका/पारिएका समुदायहरुलाई उच्च प्राथमिकतामा राख्दै आम गाउँपालिकाबासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखिएको बताउनुभयो ।
गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहको लागि नवीन र रुपान्तरणकारी योजना तथा कार्यक्रम संचालन गर्नु आजको आवश्यकता रहेको भन्दै अध्यक्ष दनैले गाउँपालिकाको दीर्घकालिन सोचः “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार–समृद्ध ज्वालामूखीको मूल आधार” रहेको बताउनुभयो ।
सभामा अध्यक्ष दनैले गाउँपालिकाको सामाजिक, आर्थिक, मानविय विकासमा अभिबृद्धि भई गाउँबासीको जीवनस्तरमा गुणात्मक सुधार हुने पनि बताउनुभयो । बजेट विनियोजन गर्दा मूलतः आवश्यकता, सम्भाव्यता, पारदर्शिता, सहभागिता र स्रोत सुनिश्चितताका सिद्धान्तहरु अवलम्वन गरिने उहाँको भनाई थियो।
नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड, पूर्वाधार विकास तथा दिगो व्यवस्थापन, शिक्षा क्षेत्रमा गुणात्मक सुधार,सर्वसुलव र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा सुशासन र वित्तिय अनुशासन, खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन, आन्तरिक रोजगार प्रवद्र्धनमा जोड, वातावरण संरक्षण र दिगो विकास, लैंगिक तथा सामाजिक समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापन, उद्धार, राहात र पुनस्थापना जस्ता कार्यक्रम समावेश छन्।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ८ लाख ९० हजारको बजेट ल्याएको छ । आईतबार गाउँसभाको १५ औं अधिवेशन गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो।
जसमा संघिय समानिकरण अनुदान १२ करोड ७३ लाख, सर्शत अनुदान २२ करोड ३३ लाख, विशेष अनुदान ८५ लाख, समपुरक अनुदान २ करोड ४५ लाख र राजश्व बाँडफाँड ८ करोड ५४ लाख रहेको छ ।
यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड ३३ लाख ५ हजार, सर्शत अनुदान २ करोड १८ लाख १३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ७० लाख र राजश्व बाँडफाँड ३ करोड ८ लाख ९४ हजार रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित







