बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’

काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।
टेलिचलचित्रबाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए ।
उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् ।
यस मुख्य चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेकाछन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् । सीतादेवी हास्य कलाकार केदार घिमिरेकी श्रीमती हुन् । पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन् । यद्यफि यसबारे निर्माणपक्षले केही बताएको छैन ।
“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो । कमेडीको जगमा गोबर गणेश आउनेछ ।”
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
समाचार२०८२ असार २२, आईतवार २०:४९धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण
समाचार२०८२ असार २२, आईतवार १९:३८राष्ट्रिय सडक संजालसँग जोडियो हुम्लाको सिमिकोट
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा