ग्रामीण पर्यटनको मुख्य आधार बन्दै होमस्टे

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै होमस्टे

स्याङजा- पछिल्लो समय स्याङ्जाको गुरुङ गाउँहरूमा संचालित होमस्टे अर्थात घरबास ग्रामीण पर्यटनको मुख्य आधार बनेको छ ।

ग्रामीण परिवेश, स्थानीय अर्ग्यानिक खाना र लोक संस्कृतिको संगम घरबास कार्यक्रम बन्दै जाँदा यसले पर्यटकहरूलाई लोभ्यइरहेको मात्र छैन आम्दानीको स्रोत समेत बनिरहेको छ ।

व्यस्त शहरी जीवनवाट फुर्सद निकालेर गाउँ घर घुम्ने आन्तरिक पर्यटकहरू पछिल्लो समय बढिरहेको छ । उनिहरूको लागि घरबास कार्यक्रम मुख्य गन्तव्य बनिरहेको छ ।

स्थानीय उत्पादनको खपतसँगै स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्धनमा समेत सघाउ पुगिरहेको छ भने पर्यटकहरु समेत ब्यवस्तित घरबास सहितको होमस्टेको बसाईले निकै खुसी देखिन्छन् ।

स्याङ्जा जिल्लाका धेरै ठाउँहरूमा अहिले होमस्टे संचालनमा रहेको छ । गाऊँ आउने पर्यटकको लाभ सबै गाउँले समान रुपमा प्राप्त गरुन् भन्ने उद्येश्यले समिति बनाएर पर्यटकको बाँडफाँड र अन्य व्यवस्थापनको कार्य गर्ने गरिएको छ ।

गुरुङ समुदायको सघन बसोवास रहेको सिरुवारी, गलेम, लामडाडा, अयरेपानी, सुन्तलावारी, रामकोट, पित्लेक, माझकोट, लगाएतका गाउँमा संचालित होमस्टेले अहिले राम्रो पहिचान बनाउन सफल भएको छ ।

हरेक गाउँमा पर्यटक भित्रिएको र नेतृत्व गर्ने क्षेमताको पनि बिकास भएको होमस्टेका केन्द्रीय उपाध्यक्ष उर्मीला गुरुङको भनाई छ ।

बिभिन्न ठाउँबाट जिल्लाको होमस्टेमा आइपुग्ने पर्यटकहरू बाटै बढी प्रचार प्रसारमा सहयोग पुगेका कारण स्याङ्जाको पहिचान होमस्टे बनिरहेको छ । अधिंकास पर्यटक एकपटक होमस्टे पुगेकै सिफारिसमा अन्य पर्यटकहरु यहाँ आइपुग्ने गरेको होमस्टे संचालकहरु बताउँछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   1   =  

Protected by Spam Master