‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ।
चलचित्र ‘एक्लो’ ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ। कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ, जससँगै टिजर र प्रचार सामग्रीप्रति दर्शकको उत्सुकता समेत उच्च देखिएको छ।
फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिरहेका छन्। हाल फिल्मको पोस्ट-प्रोडक्सन कार्य लण्डनमा जारी छ भने यसलाई क्रिसमस अवसर पारेर पुष महिनामा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकन को अभिनय रहनेछ।
फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी,संगीता वादी श्रेष्ठ,रितेश राना,सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ संलग्न छन्।
‘एक्लो’ नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको एक गम्भीर प्रयासका रूपमा हेरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









