धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

धादिङ, असार २२ गते ।
धादिङमा नक्षत्र बाटिका, राशि बाटिका र ग्रह बाटिकाको वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिकाको पान्धारे दुग्धेश्वर धार्मिक वन समूहको व्यवस्थापनमा आज तुलसी एकादशीको विशेष अवसर पारेर वृक्षारोपण गरिएको हो ।
धादिङ जिल्लाको दिर्घकालीन धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले गरिएको यस वृक्षारोपण कार्यक्रममा धार्मिक र औषधीय महत्व बोकेका १२ प्रकारका बिरुवाहरू रोपिएका छन्। कार्यक्रमको शुभारम्भ नरसिंह धामका पठादिष डा. श्रीवास कृष्णदास ब्रह्माचार्यीले तुलसी रोपेर गर्नुभएको थियो।
गत वर्ष यसै क्षेत्रभित्र २७ वटा बिरुवाको नक्षत्र बाटिका स्थापना गरिएकोमा यस वर्ष थप ९ विभिन्न धार्मिक प्रजातिका बिरुवाहरू रोपिएका छन्।
कार्यक्रम गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता आयोजनाले धादिङको धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यो क्षेत्रलाई अध्ययन, अनुसन्धान र धार्मिक स्थलका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो। स्थानीयले वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए। गाउँपालिकाले पनि यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। यही साउन महिनाबाट एक जना वन हेरालु परिचालन गरिने जनाएको छ।
डिभिजन वन कार्यालयले झण्डै डेढ हेक्टर क्षेत्रफललाई फलामे बारले सुरक्षित गर्दै ध्यान केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ।
त्यसैगरी कार्यक्रमकै अवसरमा नरसिंह धाममा डिभिजन वन कार्यालयले उपलब्ध गराएका फलफूल तथा फूलका बिरुवाहरू धामका स्वामीलाई हस्तान्तरण गरिएको थियो। साथै, सरसफाइ सामग्रीहरू समेत हस्तान्तरण गरिएको छ।
डा. श्रीवास कृष्णदास ब्रह्माचार्यीले नरसिंह धामले यस क्षेत्रको संरक्षणमा भूमिका खेल्ने र भविष्यमा जडीबुटी केन्द्रको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








