हाम्रो खुशी पाठ्यक्रम: जीवनमूल्य र आत्मचिन्तनमा आधारित कार्यशाला

पोखरा । ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीको लुम्लेस्थित कृषि अनुसन्धान निर्देशनालयमा आईतबार सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिकाको आयोजनामा पाँच सञ्चालित उक्त कार्यशालामा कालीगण्डकी गाउँपालिकाबाट ८९ जना र कावासोती तथा मध्यमिन्दु नगरपालिकाबाट ८ जना गरी कुल ९७ जना सहभागी भएका थिए।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संघीय संरचनापछि स्थानीय तहलाई पाठ्यक्रम निर्माणको अधिकार मिल्नु निकै ठूलो उपलब्धि हो भएकाे बताए । ‘अब आफ्नै गाउँ, आफ्नै माटोमै बसेर शिक्षादिन पाउने अवस्था छ। म त्यस्ता शिक्षकहरूप्रति आभारी छु। जीवनको जग शिक्षा हो। स्वास्थ्यभन्दा पहिले पनि शिक्षा चाहिन्छ—म बिरामी भए के गर्ने भनेर बुझ्न पनि त शिक्षा आवश्यक पर्छ।’ उनले भने ।

कार्यक्रममा शिक्षकहरूको भूमिकालाई पढाउने मात्र नभई समाजमा सशक्त संस्कार दिने, सम्बन्ध सुदृढ बनाउने पात्रको रूपमा व्याख्या गरिएको थियो। कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शिक्षा समाज परिवर्तनको मूल आधार हो भएकाे बताए । उनले भने-‘हामीले शिक्षालाई प्राथमिकतामा राखेर निरन्तर यस्ता शिविरहरू सञ्चालन गरिरहेका छौँ। ज्ञानको प्रवाह कहाँबाट सुरु गर्ने भन्ने प्रश्नमा हाम्रो विश्वास छ—विद्यालय रूपान्तरण शिक्षकहरूबाट सुरु हुन्छ, र तिनै शिक्षकहरूबाट समाजमा व्यापक परिवर्तन सम्भव हुन्छ।’
कार्यशालाको मुख्य उद्देश्य सहभागीहरूलाई आत्मचिन्तन गर्न, पारिवारिक तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन र मानवीय गुणहरू प्रति सचेत बनाउनु थियो। डर, तनाव र लोभबाट टाढा रही प्रकृतिसँग सन्तुलनमा जीवन जिउँदा मात्र साँचो खुशी प्राप्त हुन्छ भन्ने सन्देश दिइएको थियो।
कार्यक्रममा भारतीय शिक्षा बोर्डका सल्लाहकार श्रवण कुमार शुक्लाले प्रशिक्षण दिएका थिए । उनले को हुँ? किन हुँ?” जस्ता प्रश्नमार्फत सहभागीहरूलाई आत्मपरिचय र मूल्यमा आधारित जीवनशैलीतर्फ सोच्न प्रेरित गरे । कार्यशालामा देखावटी व्यवहारभन्दा मानवता, सम्बन्ध र न्यायमा आधारित निर्णयहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले लाभ वा सुविधाभन्दा पनि जीवनको उद्देश्य र सकारात्मक सोचले भरिएको शिक्षाले समाजमा परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे।

कार्यशालाले कालीगण्डकी गाउँपालिकालाई स्थानीयस्तरमै ‘खुशी पाठ्यक्रम’ लागू गर्न थप सहयोग गरेको छ। मानवीय मूल्य समेटिएको यस्तो पाठ्यक्रमले भावी पुस्ताको समग्र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18872, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








