‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक, माग्ने बुढाको नृत्य

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक, माग्ने बुढाको नृत्य

काठमाडौँ। हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य अभिनय रहेको सिनेमा ‘माग्ने राजा’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

मंगलबार सार्वजनिक गरिएको सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ मा दीपक शर्माको शब्द र संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीले स्वर दिएका छन्। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको भिडियोमा केदार र वर्षाले धमाकेदार नृत्य प्रस्तुत गरेका छन्।

गीतको सम्पादन मित्र डी. गुरुङले गरेका हुन् भने छायांकन नरेन्द्र मैनालीको रहेको छ। निर्माण मधुसुदन शर्माले गरेका हुन् भने यम प्रसाद वली यस गीतका प्रोडक्सन म्यानेजर हुन्। गीतको अडियो तथा भिडियो दुवै पक्षले दर्शकलाई आकर्षित गर्ने संकेत गरेका छन्।

८ वर्षपछि निर्देशनमा फर्किएका ऋषि लामिछानेका लागि ‘माग्ने राजा’ पुनरागमन फिल्म हो। निर्देशक लामिछानेका अनुसार यो सिनेमा वर्तमान पुस्ताले आफूलाई ‘राजा’ ठान्दै बनाउने सामाजिक परिवेशको कथा बोकेको छ।

सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे लामो अन्तरालपछि ‘इच्छा’पछि पुनः निर्माणमा फर्किएका हुन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष समेत हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘माग्ने राजा’ मा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटक मोडल पवित्रा साकी (मिस पबी) को अभिनय रहेको छ। सिनेमामा सुपरस्टार आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिनेछन्।

आरआर फिल्म्सले वितरण गर्ने सिनेमामा कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सिनाको रहेको छ भने संगीतमा दीपक शर्मा र बाबुल गिरीले काम गरेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   1   =  

Protected by Spam Master