‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न, निर्देशक घिमिरेदेखि कलाकार पौडेलसम्मको प्रशंसा

काठमाडौँ। नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र भोली शुक्रबार (असार २७) बाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताउँदै भने, ‘चलचित्रले नयाँ पुस्ता मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ।’
कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको बताए। निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै चलचित्रको विषयवस्तुमा प्रशंसा गरेकी थिईन् ।
संचारकर्मी सुशील नेपालले बिदेशमा हुदा नेपाली भाषा, साहित्य, कला र देशको महत्व थाहा हुने हुदा चलचित्रले यो सबै कुरा देखाउना खोजेको बताए । उनले राज्यले यस्ता चलचित्रलाई कर छुट दिनुपर्ने सुझाव पनि दिए।
चलचित्रको प्रिमियर हेर्न पुगेका पत्रकार टिकाराम यात्री ,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता राजकुमार राई , कलाकार संघका अध्यक्ष मोहन निरौला ,निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली , प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा , कमेडियन दिनेश काफ्ले लगायतले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपाली हेर्नुपर्ने चलचित्र बनेको बताएका थिए ।
चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले चलचित्रको खुलेर तारिफ गर्दा चलचित्र चल्नेमा आफुहरु ढुक्क रहेको बताए ।
चलचित्रका निर्देशक मित्र प्रधान (नर) ले चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफुलाई हौसला मिलेको र साचिकै देश र नेपाली भाषा, साहित्य, कलाको लागि चलचित्र निर्माण गरेको हुदा सम्पूर्ण नेपालीलाई सिनेमा हलमा गएर चलचित्र हेरेर प्रतिक्रिया दिन अनुरोध गर्नु भयो ।चलचित्रको प्रिमियरमा हेर्न अमेरिकाबाट समाजसेबी तथा गीतकार पाँचम तामांग समेत नेपाल आउनु भएको थियो ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भन्डारी, बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।
मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ आश्विन ३, शुक्रबार २१:३०मिष्टर नेपालको ग्राण्ड फिनालेमा ३० युवा
समाचार२०८२ आश्विन ३, शुक्रबार १९:४०संविधानको दस वर्षे यात्राः आन्दोलनपछि पुनरावलोकन अपरिहार्य
समाचार२०८२ आश्विन ३, शुक्रबार १५:५६सिद्धलेक–४ स्थित कालिदेवी मा.विमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
समाचार२०८२ आश्विन ३, शुक्रबार १३:४०जीर्ण आयोजनाका ठेक्का तोड्न निर्देशन