गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

गुरुपूर्णिमामा भेटघाट: दीपकराज, केदार र जितुको पुनर्मिलनले आशा जगायो

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका तीन चर्चित नामहरू दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) ले ‘छ एकान छ’ जस्तो सुपरहिट फिल्मबाट सँगै यात्रा सुरु गरेका थिए। हास्य विधालाई नयाँ उचाइमा पुर्‍याउन सफल यी कलाकारहरूले ‘छक्का पन्जा’ सिरिजमार्फत दर्शकमाझ अपार लोकप्रियता कमाए।

तीन सिरिजसम्म सहकार्य गर्दै आएका उनीहरूको सहकार्य भने ‘छक्का पन्जा ३’ पछि टुट्दै गयो। ‘छक्का पन्जा ४’ र ‘५’ मा जितु अनुपस्थित रहे, जबकि दीपकराज र केदारले त्यसलाई निरन्तरता दिए। जितु नेपालले यसपछि अन्य ब्यानरका चलचित्रमा अभिनय गरे तापनि, ती फिल्महरू दर्शकको अपेक्षाअनुसार व्यावसायिक रूपमा खासै चम्कन सकेनन्।

त्यस्तै, केदार घिमिरेले पनि पछिल्लो समय विभिन्न ब्यानरका चलचित्रहरूमा व्यस्तता बढाएका छन्। तर, दर्शकको नजरमा भने ‘छक्का पन्जा टिम’ सँग उनको पहिचान अझै बलियो छ। सहकार्यको यो टुटफुटसँगै, उनीहरूको मित्रता सम्बन्धमा पनि विभिन्न चर्चा चल्न थालेका छन्। एक समयका अभिन्न मित्रहरूमाझ दूरी बढ्दै गएको चर्चा हुने क्रम बढ्दो थियो। पछिल्लो समय केदार घिमिरेको पारिश्रमिकको चर्चाले बजार तताएको छ। उनि अभिनित चलचित्र ‘माग्ने राजा’ भदौ ६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

तर, गुरुपूर्णिमाको दिन भने यो टिमले आफ्ना दर्शकलाई उत्साहित बनाउने संकेत देखायो। चलचित्र विकास बोर्डका अध्यक्ष तथा उनीहरूकै पुराना गुरु दिनेश डिसीलाई गुरुपूजन गर्न ती तीनै कलाकार दीपकराज, केदार र जितु – एकैसाथ पुगे। लामो समयपछि एकै फ्रेममा देखिएका उनीहरूलाई देखेर धेरैलाई पुराना दिनको सम्झना आयो।

यो भेटले अब पुनः उनीहरूको सहकार्यको ढोका खुल्ने हो कि भन्ने चर्चा सुरु हुन थालेको छ। के गुरुपूर्णिमाको यो भेट पुराना मित्रता र सहकार्य पुनर्स्थापना गर्ने मोड बन्न सक्छ? यदि उनीहरू फेरि सँगै आए भने, दर्शकले फेरि एक पटक हाँसो र मनोरञ्जनको सुनौलो युग फर्कने आशा गर्न सक्छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   4   =  

Protected by Spam Master