एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छः मन्त्री चौधरी

काठमाडौँ, २७ असार । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन् ।
खेलकुद मन्त्रालयद्वारा आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल अयोजना हुने बताए । पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो । त्यपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताउनुभयो छ ।
मन्त्री चौधरीले भने,“हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने रु त्यसकारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ ।” उनले ऐन÷कानुन र नियमावलीको परिधिभित्र रहेरै एलपिएल हुने बताए ।
मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनुपर्नेमा जोड दिँदै पत्रकारले सत्यतथ्यमा आधारित निश्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए ।
“युवाका क्षेत्रमा क्रियाशील भई युवाको गतिविधि गर्ने, युवा जागरण, सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्दै सामाजिक सद्भाव, युवा उद्यमशीलता, विकास र रोजगारीको क्षेत्रलगायत समग्र युवाका क्षेत्रमा योगदान पु¥याएबापत यो मन्त्रालयले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ, मलाई आशा छ पुरस्कृत युवा पत्रकारले युवाका क्षेत्रमा अझ सशक्त रुपमा काम गर्नु हुनेछ,”– उनले भने ।
भ्रष्टाचारलाई अन्त्य गर्न र सुशासन कायम गर्नेगरी आफ्नो भूमिका निर्वाह गर्न मन्त्री चौधरीले पत्रकारहरुलाई आग्रह गरे ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार ३१, मंगलवार ००:३५नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह
समाचार२०८२ असार ३०, सोमबार १६:२३स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री
कला, विचार/मनोरञ्जन२०८२ असार ३०, सोमबार १२:०३शान्तिश्री परियार र रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी
कला, विचार/मनोरञ्जन२०८२ असार ३०, सोमबार ०९:२१चाम्सको चलचित्र ‘सुम्निमा’ मा अभिनेता कुन्साङ अनुबन्ध