दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

काठमाडौँ, २७ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा मन्त्री खड्काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि मन्त्री खड्काले मङ्गलबार रसुवामा आएको बाढीले त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका महत्वपूर्ण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जानकारी दिनुभयो । उहाँका अनुसार १११ मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको देवीघाट आयोजना बाढीका कारण अवरुद्ध रहेका छन ।
बाढीको मूल कारण वर्षा नभईकन माथिल्लो जलाधार क्षेत्रमा अवस्थित हिमताल विस्फोटबाट बहाव भएको प्रारम्भिक अनुमान गरिएको मन्त्री खड्काले बताउनुभयो । “सेन्टिनल एसिया प्लेटमार्फत यो पुष्टि भएको छ कि रसुवा–तिब्बत क्षेत्रभित्रको लेन्दे खोलामा रहेको एक सुपर ग्लेसियर हिमालयको क्षेत्रमा घटना हुनुअघि शून्य दशमलव ७५ वर्ग किलोमिटरबाट घटेर शून्य दशमलव ६० वर्ग किलोमिटरमा सीमित भएको छ”, मन्त्री खड्काले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा








