सामाजिक काममा सक्रिय बन्दै सौगात थपलिया

धादिङ,३१ असार
विद्यालयलाई सहयोग गर्ने सौगात थपलियालाई सम्मान गरीएको छ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङस्थित नलाङ माध्यमिक विद्यालयलाई पोडियम र विद्यालयका ६५ जना विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको भन्दै थपलियालाई एक कार्यक्रमका बिच सम्मान गरीएको हो ।धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–१ पीपल नलाङ निवासी थपलियाले आफुले अध्ययन गरेको श्री नलाङ माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार ६५ जना विद्यार्थीहरूलाई पोशाक (ट्रयाक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गर्नुभएको हो । थपलिया उक्त विद्यालयका पुर्व विद्यार्थी समेत रहनुभएको छ।

विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतले कदरपत्र प्रदान गर्दै सामाजिक काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । थपलियाले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिईने बताउनु भएको थियो । आफुले बाल्यकालमा भोगेको समस्याहरु अहिले विद्यार्थीहरुले भोग्नु नपरोस भनेर सहयोग गरिएको नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








