नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्दा दुई जना घाइते

चितवन- त्रिशूली नदी किनारमा एक मिनी ट्रक खसेको छ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट सो ट्रक खसेको चितवन प्रहरीले जनाएको छ ।
भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् ।
उनीहरु दुवैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । थप विवरण आउन बाकी रहेको चितवन प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना भएको स्थान, भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल, विगतमा पनि घातक दुर्घटनाको स्मरणसँग जोडिएको छ । ठीक एक वर्षअघि, २०८१ असार २८ गते, यही स्थानबाट दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ३९ जना यात्रु बेपत्ता भएका थिए ।
ती बसहरूमा ६२ जना यात्रु सवार थिए । तीमध्ये ३ जनाले पौडिएर ज्यान जोगाएका थिए भने २० जनाको शव फेला परेको थियो। बाँकीको हालसम्म पनि अत्तोपत्तो छैन ।
सिमलताल सडकखण्डलाई जोखिमयुक्त बिन्दुको रूपमा चिनिन्छ । यहाँ नियमितरूपमा सडक सुरक्षा व्यवस्थापन र सावधानीका लागि सम्बन्धित निकायको ध्यान केन्द्रित गरिनुपर्ने स्थानीयवासीको माग छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न







