बाढीले केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट ल्याउने तयारी

रसुवा- असार २४ गते चीनको लेन्देखोलाबाट आएको बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रयास भई रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार केरुङमा कामका लागि गएका चालक तथा सहचालक सहितका अन्य नेपालीहरुलाई स्वदेश ल्याउनका लागि चीनीयाँ पक्षसँग पहल भईरहेको बताउनुभयो ।
नेपाल चीनको सिमानामा रहेको मितेरी पुल निर्माण गर्न केही समय लाग्ने भएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।
नेपाल तर्फबाट चीनीयाँ पक्षलाई बाढीमा फसेकाहरुको नामाबली पठाई सकेकाले उनीहरुले तातोपानी नाकाबाट नेपाल ल्याउने गरी काम गरिरहेको चीनीयाँ पक्षले जानकारी गराएको उहाँको भनाई छ ।
केरुङमा फसेका नेपाली कन्टेनर चालक बद्री आचार्यका अनुसार बाढीको समयमा रसुवागढी नाका बाट चीनीयाँ पक्षले ३५ जना नेपालीहरुको उद्घार गरी केरुङ पुर्याई होटलमा राखेको छ ।
चालक आचार्यले केरुङमा थप करिब दुई सयका हाराहारीमा चालक र सहचालका फसिरहेको बताउनुभयो । कतिपय कामदारहरुको नियमित खाने औषधि सकिएको छ भने कतिपयको पैसा सकिएर बेखर्चि भएको बताईएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार







