‘द फेस नेपाल भोल्युम ५’ को शीर्ष उपाधि जोस र तृषाले जिते

‘द फेस नेपाल भोल्युम ५’ को शीर्ष उपाधि जोस र तृषाले जिते

काठमाडौं । नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरुले उपाधि जितेका हुन् । उनीहरुले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन् ।

यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेण्ड रनरअप तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप भए ।

कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरुको प्रतिभा चिनाउन र मोडलिङ गर्नकै लागि विदेश जानु नपरोस् भनेर प्रतियोगिता गरिएको बताइन् । ‘यो प्रतियोगिता पछि यसको जुन किसिमको हाइप नेपालमा बढेको छ, विजेताले जुन किसिमको एक्सपोजर ल्याउनुभएको छ । त्यो कुराले हामी सन्तुष्ट र खुशी छौं’, उनले भनिन् । एजेन्सीका संस्थापक सम्शाद शाहले प्रतियोगिता मोडलहरुका लागि उपयुक्त प्लेफर्म बनेको बताए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =  

Protected by Spam Master