चलचित्रकर्मी पुरुषोत्तम प्रधानद्वारा ५ दर्जनभन्दा बढी चलचित्रका स्क्रिप्ट चलचित्र विकास बोर्डलाई हस्तान्तरण

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका सिनेमाटोग्राफर तथा निर्माता श्री पुरुषोत्तम प्रधानज्यूले आफुले संलग्न रहनुभएको ५ दर्जनभन्दा बढी चलचित्रका स्क्रिप्टहरू चलचित्र विकास बोर्डलाई हस्तान्तरण गर्नुभएको छ।
उहाँले हस्तान्तरण गर्नुभएको चलचित्रहरूको सूचीमा छक्का पञ्जा, कबड्डी शृङ्खला, लुट, नाई नभन्नु ल, लप्पन छप्पन, दासढुङ्गा, झोले, ड्रिम्स, जय भोले, क्रि, उमा, प्रेमगीत २, तान्द्रो, AABEG, छ एकान छ, The Winner, महाजात्रा, मेरो एउटा साथी छ, चपली हाइट ३, कान्छी, कार्साङ लगायतका लोकप्रिय तथा प्रशंसित चलचित्रहरू रहेका छन्।
चलचित्र विकास बोर्डले प्रधानज्यूप्रति कृतज्ञता प्रकट गर्दै अन्य चलचित्रकर्मीहरूलाई पनि आफ्ना मौलिक स्क्रिप्टहरू सुरक्षित राख्न र सम्भव भएसम्म पटकथा संग्रहालयमा योगदान गर्न अनुरोध गरेको छ।
बोर्डले यस्ता दस्तावेजी कार्यहरूलाई नेपाली चलचित्र इतिहासको संरक्षण र अनुसन्धानका लागि अत्यन्त उपयोगी कदमका रूपमा लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








