आशान्त शर्मा निर्देशित ‘ताराहरू’ को दोस्रो गीत ‘ऐया नि हो’

काठमाडौँ। आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको हाे।
गीत सलिना बिकेले गाएकी छन्। गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ। पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा आफ्नै पिडा र मनोदशासँग जुधिरहेजस्तो देख्न सकिन्छ।
यसअघि ‘जाम त भने कुन बाटो जाम त?’ बोलको पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ। फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।
फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउन खोजिएको छ। फिल्ममा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ।
वेज प्रा.लि.प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।
सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









