नेपाली फिल्म ‘जेरी: अन टप’ को पोस्टरमा देखियो युवाको संघर्ष र प्रेम कथा

नेपाली फिल्म ‘जेरी: अन टप’ को पोस्टरमा देखियो युवाको संघर्ष र प्रेम कथा

काठमाडौं। नेपाली चलचित्र ‘जेरी: अन टप’ का तीन पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरहरूमा प्रेम, साहसिकता र युवाको आत्म–यात्रालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।

निर्माता सरोज न्यौपानेको निर्माणमा तयार भएको उक्त चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन्। चलचित्र यही असोज ३१ गते (१७ अक्टोबर) देखि देशभर प्रदर्शनमा आउने भएको छ।

प्रथम पोस्टरमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा प्रेमिल भावमा प्रस्तुत छन्। दोस्रो पोस्टरमा अनमोल र जसिता गुरुङबीचको रमाइलो सम्बन्ध देखाइएको छ भने तेस्रो पोस्टरमा हिमाली क्षेत्रको आरोहण यात्रा र चुनौती दर्शाइएको छ।

फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी, केदार घिमिरे, सुष्मा निरौला र सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा हेमराज बीसीले लेखेका हुन्।

करिब ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको चलचित्रको अधिकांश छायांकन मुस्ताङ, लुक्ला र काठमाडौंमा गरिएको हो। बाँकी गीतहरू भारतको पुदुचेरी र काठमाडौंमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

तिहार पर्वलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरिएको फिल्ममा युवा पुस्ताको भावना, प्रेम र जीवनको उद्देश्यबारे खोज प्रस्तुत गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master