रुसमा दुर्घटनामा परेको विमानमा सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनामा परेको हो ।
रुसी आपतकालीन सेवाका अधिकारीहरूका अनुसार ले दुर्घटनामा परेका सबै यात्रुको मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ ।
सन् १९७६ मा बनेको यो विमान करिब ५० वर्ष पुरानो भएको बताइएको छ । हेलिकप्टरमा सवार भएका व्यक्तिहरुले जंगलमा दुर्घटनाग्रस्त विमानमा आगो बलिरहेको देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सोसल मिडियामा सार्वजनिक एक अप्रमाणित भिडियोमा घना जंगलमा विमान खसेको देखिन्छ । उक्त विमान साइबेरियास्थित अंगारा एयरलाइन्सको रहेको र ब्लागोभेसेन्स्कबाट टिन्डा जाँदै गरेको जनाइएको छ । उडानको क्रममा टिन्डा नजिकै जंगलमा पुग्दा विमानसँग राडारको सम्पर्क टुटेको थियो ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ५ बालबालकिासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।
रुसी आपतकालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छन्, ‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई–८ हेलिकप्टरले विमान जलेको अवस्थामा फेला पारेको हो ।’
उनका अनुसार उद्धारकर्मीहरू घटनास्थलतर्फ पुग्ने प्रयासमा छन् । विमान दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान गरिने रुसी अधिकारीहरुले बताएका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19042, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २४, आईतवार १६:०३संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण कार्यक्रम सम्पन्न
समाचार२०८२ कार्तिक २३, शनिबार १२:०२संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित
समाचार२०८२ कार्तिक २०, बुधबार १९:५७अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट






