सूर्यचन्द्र विकास समाजको अध्यक्षमा सावित्री काेइराला सर्वसम्मत

पोखरा । पोखरा महानगरपालिका वडा नं -५ को अग्रणी सामाजिक संस्था सूर्यचन्द्र विकास समाजको ३२औँ साधारण सभा तथा १६औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले सावित्री काेइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
लोकतान्त्रिक र पारदर्शी प्रक्रियाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनमा संस्थाको विगतको कार्यप्रगति, भावी योजना तथा नीति निर्देशिका पनि प्रस्तुत गरिएको थियो।
नवगठित कार्यसमितिमा उपाध्यक्ष हेमराज भण्डारी , महासचिव दीपक प्रसाद बराल, सचिव प्रदीप सुवेदी र कोषाध्यक्ष माधव प्रसाद बाँस्ताेला रहेका छन्। त्यस्तै, सदस्यहरूमा विमल श्रेष्ठ , संगिता काेइराला, दिन दयाल पाण्डे, विन्दु पौडेल, महेन्द्र दाहाल र सुशिला पौडेल चयन भएका छन्।

पदेन सदस्यको रूपमा कमला गाैतम चयन भईन भने कार्यकारी निर्देशकको जिम्मेवारी कृष्ण प्रसाद बरालले पाएका छन् ।
अधिवेशनको अवसरमा विगत कार्यकालमा उल्लेखनीय योगदान पु¥याएका पदेन सदस्य माधव प्रसाद बाँस्ताेलालाई सम्मान गरिएको छ।
समाजको समन्वय, संयोजन र सामाजिक क्रियाकलापमा गरेको सक्रिय भूमिकाको कदर गर्दै उनलाई सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं पूर्व जनप्रतिनिधिले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सशक्त, पारदर्शी र सेवा केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19067, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार २३:५५पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ
समाचार२०८२ चैत्र ८, आईतवार ०३:३१पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट
समाचार२०८२ चैत्र ८, आईतवार ०३:२५१२ चैतमा सांसदको,१३ चैतमा प्रधानमन्त्रीको शपथ






