रोटरी क्लब अफ धादिङद्धारा देउराली मा.विमा वृक्षरोपण

धादिङ, साउन १२ गते ।
रोटरी क्लब अफ धादिङले वृक्षरोपण कार्यक्रम गरेको छ । शनिबार नीलकण्ठ नगरपालिका–८, ससाहस्थित श्री देउराली माध्यमिक विद्यालय तथा टेक्निकल इन्स्टिच्युटको प्राङ्गणमा वृक्षरोपण गरेको हो ।
वृक्षरोपण कार्यक्रममा आँप, लिची, एभोकाडो लगायत विभिन्न प्रजातिका ५० भन्दा बढी फलफूलका बिरुवाहरू रोपिएको क्लबका अध्यक्ष रोटरियन डा. रामचन्द्र रिजालले जानकारी दिनुभयो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको देशव्यापी अभियानअन्तर्गत श्रावण १० गते एकैदिन दुई लाखभन्दा बढी बिरुवा रोप्ने लक्ष्य अनुरूप धादिङमा पनि वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको हो।
अध्यक्ष डा. रिजालले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई दीर्घकालीन संरक्षण, हेरचाह र सुरक्षामा समेत सबैको सक्रियता आवश्यक हुने बताउनुभयो।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष प्रकाश श्रेष्ठले रोटरी क्लबले समाजसेवामा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता सकारात्मक कार्यमा सधैं साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक रोहिणी प्रसाद कोईरालाले वृक्षरोपण कार्यमा सहकार्य गरेकोमा क्लबप्रति आभार प्रकट गर्नुभयो । उहाँले विद्यालय परिवारले स्याहार–सुसारमा विशेष ध्यान दिने बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कोईलाले यस्ता अभियानले हरियाली वातावरण निर्माण र भावी पुस्ताका लागि स्वच्छ वातावरण सुम्पन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ धादिङ, रोट्र्याक्ट क्लब अफ धादिङ, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासी गरी करिब ५० जनाको सक्रिय सहभागिता रहेको थियो।
रोटरी क्लब अफ धादिङले सामाजिक, शैक्षिक, स्वास्थ्य र वातावरणीय क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








