एनआरएनए जापानको अध्यक्षमा चलचित्र निर्माता लामिछाने

एनआरएनए जापानको अध्यक्षमा चलचित्र निर्माता लामिछाने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा चलचित्र निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे।

लामिछाने सायद २ र लाउरे जस्ता चलचित्रका निर्माता हुन्। उनी जापानमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका कारण जापानबासी नेपालीबीच चिनिएका छन्।

निर्वाचन समितिका अनुसार १८ हजार ३ सय १४ मध्ये १२ हजार ३ सय ४५ (६७.४१ प्रतिशत) मत खसे।

वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल ६ हजार ४ सय १८ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत पाए।

क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ६ हजार ९ सय ८३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत पाए।

खुला उपाध्यक्षतर्फ मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९ र दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भए। नारायण सुबेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत पाए।

महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ६ हजार ३ सय ८४ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत पाए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘सिठ्ठी बजाउँदै’ मा राहुल र प्रियंकाको धमाकेदार नृत्य
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   1   =  

Protected by Spam Master