न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते

काठमाडौं- अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।
गोली चलाउने २७ वर्षीय ती पुरुषले शरीरमा सुरक्षा कवच लगाएर शक्तिशाली एम-४ राइफल बोकेर स्थानीय समयअनुसार साँझ ६:३० बजेतिर ३४५ पार्क एभिन्यु र ५२औँ स्ट्रिटमा रहेको एक भवनमा रहेका व्यक्तिहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
सो भवनमा लगानी कम्पनी ब्ल्याकस्टोन र नेसनल फुटबल लिग (NFL) को मुख्यालय रहेको एबीसी न्युजले जनाएको छ । घटनाको ती कम्पनीहरूसँग वा भवनमा रहेका कुनै कम्पनीसँग प्रत्यक्ष सम्बन्ध रहेको छैन कि भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन ।
लगभग ३३औँ तल्लामा आफूलाई ब्यारिकेड बनाएर बसेका शेन डेभोन तामुरा नामक संदिग्ध व्यक्ति पछि मृत अवस्थामा फेला परेका थिए । प्रहरी आयुक्त जेसिका टिस्चका अनुसार उनको मृत्यु सम्भवतः आत्महत्या जस्तो देखिएको छ ।
सोमबार साँझ पत्रकार सम्मेलनमा आयुक्त टिस्चले प्रारम्भिक अनुसन्धानको आधारमा शंका गरिएका तामुरा कार चढेर लस भेगासबाट क्रस-कन्ट्री यात्रा गरेर न्यूयोर्क सिटी आइपुगेको बताएकी छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग