लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनमा पशुपति माविमा तीन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न

धादिङ,१३ साउन
लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनामा तथा पशुपति माध्यमिक विद्यालयको व्यवस्थापनमा सन्चालन भएको तीन दिने हस्लेखन प्रशिक्षण सम्पन्न भएको छ। शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित दामगाडेमा हस्तलेखन तालिम सम्पन्न गरेको हो । असार ११ गते देखि पशुपति माध्यमीक विद्यालयमा सञ्चालित प्रशिक्षण मंगलबार एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
क्लवका अध्यक्ष नाराणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंवर १२ का अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा शिक्षा सुधारमा सकारात्मक असर पार्ने बताउँदै लायन्स क्लबको क्रियाशीलता र प्रतिबद्धतालाई धन्यवाद दिनुभयो । “स्थानीय विद्यालयमा यति महत्त्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक उत्तरदायित्वप्रति जागरूकता र शिक्षा प्रतिको समर्पणको स्पष्ट उदाहरण हो,” उहाँले भन्नुभयो । शिक्षाको क्षेत्रमा काम गरीरहेको क्लवले पशुपति माध्यमिक विद्यालय छनौट गरेको मा अध्यक्ष भण्डारीले क्लवको खुलेर प्रशंसा गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले क्लबप्रति आभार व्यक्त गर्दै भन्नुभयो “शिक्षा क्षेत्रमा टेवा पु¥याउन यस्ता कार्यक्रमले विद्यालयलाई मात्र होइन, विद्यार्थीको भविष्यलाई दिशा दिन्छ। क्लबले यो कार्यक्रम विद्यालयलाई दिएर हाम्रो शैक्षिक यात्रामा साथ दिएको छ, जुन हामीलाई सदैव सम्झना रहनेछ ।”बक्ताका रुपमा सम्बोधन गर्दै लायन ईश्वर कुमार श्रेष्ठ, जो स्वयं शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनु भएको छ, उहाँले हस्तलेखनजस्तो आधारभूत तर महत्त्वपूर्ण पक्षप्रति ध्यान दिनु अत्यावश्यक रहेको बताउनुभयो। उहाले यस तालिमले विद्यार्थीमा अनुशासन, ध्यान केन्द्रित गर्ने क्षमता र शैक्षीक गुणस्थर विकासमा सहयोग गर्ने बताउनु भयो । श्रेष्ठले क्लब र विद्यालयबीचको सहकार्यलाई “सकारात्मक शिक्षाशैलीको सुरुवात”को संज्ञा समेत दिनुभयो ।
कार्यक्रममा आयोजका तर्फबाट क्लवका उपाध्यक्ष पोषनाथ अधिकारीले स्वागत मन्तव्य राख्दै लायन्स क्लबको उद्देश्य, विश्वव्यापी सेवा अभियान, र समुदायमा शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनाका क्षेत्रमा निरन्तर भइरहेको योगदानबारे प्रकाश पार्नुभयो । उहाँले लायन्स क्लब एक अन्तर्राष्ट्रिय सेवा संस्था भएको र हामी सेवा गर्छौं भन्ने मूल मन्त्रका साथ विश्वभर लाखौं स्वयंसेवक मार्फत समाज सेवामा समर्पित रहेको उल्लेख गर्दै नेपालमा पनि यस क्लबको विभिन्न शाखाहरूले शिक्षा, स्वास्थ्य, दृष्टि सुधार, वातावरण संरक्षण, युवा विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गर्नु भयो । “हामी केवल सेवा गर्दैछौं भन्ने होइन, समाजलाई सकारात्मक दिशातर्फ उन्मुख बनाउने प्रयास गर्दैछौं,” स्वागतका क्रममा उहाले बताउनु भयो ।

विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका अध्यक्ष नारायण कुमार श्रेष्ठले यस कार्यक्रमले विद्यार्थीहरूमा लेखाइ सुधारको माध्यमबाट उनीहरूको समग्र शैक्षिक गुणस्तर सुधारमा योगदान र्पुयाउने विश्वास व्यक्त गर्नु भयो ।
यस्ता तालीमहरू शिक्षालाई व्यवहारिक बनाउने, विद्यार्र्थीमा आत्मविश्वास बढाउने र विद्यालयलाई सिर्जनात्मक अभ्यासको थलो बनाउने उत्कृष्ट पहल भएको भन्दै विद्यालयको आग्रहमा थप तिन दिन सम्म प्रशिक्षणलाई निरन्तरता दिन लायन्स क्लब अफ धादिङ नीलकण्ठले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लायन्स क्लव अफ धादिङ नीलकण्ठले विगतदेखि नै रक्तदान, आँखा परीक्षण, शिक्षा सामग्री वितरण, वृक्षारोपण, नेतृत्व विकास तालिमजस्ता विविध कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गर्दै हस्तलेखन तालिम त्यही शृङ्खलाको पछिल्लो खुड्किलो भएको बताउनु भयो । उहाले क्लव निरन्तर विद्यालयसँग सहकार्य गर्न लागीपर्ने समेत बताउनु भयो । कार्यक्रममा क्लबका सचिव सरणकुमार श्रेष्ठ, सदस्य जीवन श्रेष्ठ, विद्यालयका शिक्षक, कर्मचारी, तथा छात्रछात्राहरूको उपस्थिति थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








