चलचित्र ‘शिवांशः च्याप्टर १’ को छायाँकन सम्पन्न

चलचित्र ‘शिवांशः च्याप्टर १’ को छायाँकन सम्पन्न

काठमाडौं। नेपाली कथानक चलचित्र ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायाँकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायाँकनसँगै चलचित्रको सुटिङ सम्पन्न गरिएको हो।

चलचित्रको अधिकांश छायाँकन पोखराको पेरिफेरीमा गरिएको हो भने केवल एक गीतको छायाँकन मात्र काठमाडौंमा गरिएको थियो। छायाँकन कार्य ३६ दिनमा सम्पन्न भएको हो, जसको समापन पोखराको पामेमा गरिएको थियो।

चलचित्र अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण गरिएको हो। निर्माता अन्जन केसीले कथा लेखनको जिम्मेवारी पनि सम्हालेका छन् भने सह-निर्मातामा शोभा केसी र अनिशा केसी बोगटी रहेका छन्।

सन्तोष आत्रेयले निर्देशन गरेको यो चलचित्र उनको निर्देशनमा डेब्यु हो। तेज गिरी र बिमला लिम्बुका अतिरिक्त चलचित्रमा प्रवीण खतिवडा, रुशा न्यौपाने र विकास जोशीको पनि प्रमुख भूमिका रहनेछ।

गीत–संगीतको पक्षमा राजनराज शिवाकोटी र न्ह्यु बज्राचार्यको संगीत रहनेछ भने गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर Rajanraj शिवाकोटी, मिलन नेवार र समीक्षाअधिकारीले दिएका छन्।

चलचित्रको कोरियोग्राफी विक्रम चौहानले, द्वन्द्व निर्देशन मिलन श्रेष्ठले, र छायांकन शरद महतोले गरेका हुन्।

‘शिवांशः च्याप्टर १’ आउँदो असोज २४ गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रमार्फत लभर ब्वाइको छविबाट परिचित तेज गिरी पहिलोपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   5   =  

Protected by Spam Master