प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित

मकवानपुर- बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । आज दिउँसो Ps बजेका लागि तय गरिएको सपथ समारोह तत्कालका लागि रोकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि काठमाडौं जानुभएको छ । सोही कारण प्रदेश प्रमुखको निर्देशनमा सपथ समारोह अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
मुख्यमन्त्री लामाले रिक्त पाँच मन्त्रालय मध्ये तीन वटामा बुधबार मन्त्री नियुक्त गर्नुभएको थियो। हिजो गर्ने भनिएको शपथ नेकपा एमालेको आग्रहमा आजको लागि सारिएको थियो । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ लाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गर्नुभएको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








