‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित

काठमाडौं । नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित गरिएको छ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको उक्त फिल्म सोमबारदेखि हलहरूबाट हटाइने निर्माण पक्षले जनाएको छ ।
रेबेल फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको सो फिल्मलाई हलहरूले पर्याप्त शो समय नदिएको भन्दै निर्माण पक्षले प्रदर्शन रोक्ने निर्णय लिएको हो । आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि अधिकांश हलहरूले उपयुक्त शो समय नदिएकाले प्रदर्शन स्थगित गर्नुपरेको जनाइएको छ ।
“बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शो समय नपाएको हुँदा यस्तो कठोर निर्णयमा पुग्नुपरेको हो,” विज्ञप्तिमा उल्लेख छ । साथै, निर्माण पक्षले फिल्मको प्रदर्शन स्थगनले दर्शकमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।
निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको उक्त फिल्मले वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीहरूको जीवन संघर्ष र भोगाइलाई समेटेको छ ।
फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापाको अभिनय रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान









