नेकपा माओवादी केन्द्र धादिङद्वारा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न, वैचारिक स्पष्टता र प्रशिक्षक उत्पादनमा जोड

नेकपा माओवादी केन्द्र धादिङद्वारा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न, वैचारिक स्पष्टता र प्रशिक्षक उत्पादनमा जोड

धादिङबेशी १९,साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले सांगठनिक रूपान्तरण र वैचारिक स्पष्टता अभिवृद्धि गर्ने लक्ष्यसहित दुईदिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तालिममा जिल्लाभरिका स्थानीय तह र जनवर्गीय संगठनहरूबाट प्रतिनिधित्वसहित १५० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । उद्घाटन सत्र जिल्ला संयोजक मनराज भण्डारीको अध्यक्षता र जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बागमतीका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, केन्द्रीय सदस्य अप्सरा सिंखडा (दिपा), रामबहादुर भण्डारी, प्रदेश सह–सचिव दलबहादुर बुर्लाकोटी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

तालिमको पहिलो दिन झम्क परियारले दर्शनशास्त्रमा प्रवेश गराउँदै वैचारिक आधार निर्माणमा मार्गदर्शन गर्नुभयो भने प्रकाश आचार्यले माक्र्सवादी अर्थशास्त्र र समाजवादी अर्थतन्त्रबारे सैद्धान्तिक पक्षहरू प्रस्तुत गर्नुभयो ।

करिमान तामाङ र हरिबहादुर विश्वकर्माले वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, सरोज तामाङ र सुब्बा रम्तेलले संगठनको संरचना र कार्यपद्धतिबारे प्रशिक्षण दिनुभयो ।
त्यस्तै, दोस्रो दिन प्रेम तामाङले राज्यसत्ता, सरकार सञ्चालन प्रणाली र उत्पादन पद्धतिबारे सहजीकरण गर्नुभयो । राजकुमार उप्रेतीले तालिम दिने शैलीमा मार्गदर्शन गर्नुभयो भने अमृत तामाङले सामाजिक सञ्जाल र सूचना प्रविधिको संगठनात्मक प्रयोगबारे प्रस्तुति दिनुभयो ।

खेमराज भुजेलले प्रभावकारी निर्वाचन परिचालनबारे र पुष्प विक्रम मल्लले पार्टी, स्थानीय सरकार र समाजवादप्रतिको दृष्टिकोणमा प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापनमा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । माओवादी केन्द्र धादिङले यो कार्यक्रमलाई केवल वैचारिक सुदृढीकरणको माध्यम मात्र नभई प्रशिक्षक उत्पादनको ठोस प्रयासका रूपमा लिएको जनाएको छ । प्रशिक्षार्थीहरू आ–आफ्नो पालिकामा संगठनात्मक प्रशिक्षण अभियानमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =  

Protected by Spam Master