चलचित्र विकास बोर्डका सदस्य सुवेदीलाई आइएनएनएफको सम्मान

चलचित्र विकास बोर्डका सदस्य सुवेदीलाई आइएनएनएफको सम्मान

काठमाडौं। नेपाल सरकारद्वारा हालै चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आइएनएनएफ) ले विशेष सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा सुवेदीलाई बधाई तथा शुभकामना सहित सम्मान प्रदान गरिएको हो।

नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय सुवेदीलाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत शुक्रबार बोर्ड सदस्यका रूपमा नियुक्त गरेको थियो। कार्यक्रममा आइएनएनएफका तर्फबाट सुवेदीले नेपाली चलचित्र उद्योगलाई थप सबल र प्रगतिशील बनाउने विश्वास व्यक्त गरिएको थियो।

संस्थाका अध्यक्ष लव प्याकुरेलले पछिल्लो समय नेपाली सिनेमा विभिन्न चुनौतीको सामना गरिरहेका बेला सुवेदीको नियुक्तिले उद्योगमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

नवनियुक्त सदस्य सुवेदीले चलचित्रसम्बन्धी कानुनी संरचना निर्माण हुँदै गर्दा आम चलचित्रकर्मीलाई समेट्न सक्ने स्पष्ट र समावेशी परिभाषा तय गर्नु आवश्यक रहेको बताए। उनले चलचित्र विकास बोर्ड यसतर्फ गम्भीर र सक्रिय रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा आइएनएनएफका वरिष्ठ उपाध्यक्ष मानबहादुर थापा, लेखक भीष्मराज फुलारा, निर्माता मधु अधिकारी, प्राविधिक अच्युत बजगाईं, संगीतकार राजेन्द्र बजगाईं लगायत चलचित्र क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   1   =  

Protected by Spam Master