काठमाडौं। नेपाली आधुनिक गीतसंगीतमा थपिएको नयाँ सिर्जना ‘छातीभित्र मुटु हुन्छ’ सार्वजनिक गरिएको छ। गीतकार उत्तम केसी नेपालको शब्द रचना रहेको यो गीत भावनात्मक र मर्मस्पर्शी विषयवस्तुमा आधारित छ।
ब्राण्ड यू पिक्चर्सको ब्यानरमा निर्माण गरिएको गीतको भिडियो ‘चुईचुई पारेर टिभी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा सिक्किमकी चर्चित याक्थुङ गायिका अञ्जना नाल्भोको स्वर सुन्न सकिन्छ, भने पुष्कर सुनुवारले संगीत र संगीत संयोजन गरेका छन्। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी बिप्लव अधिकारीले सम्हालेका हुन्।
भिडियोलाई अमर ओलीले निर्देशन गरेका छन्, छायांकन ज्ञानकुमार कटेलको छ। अभिनयमा मुकुन्द मैनाली, विनिता भण्डारी, सिद्धान्त बोहरा, मनोज केसी र सानु कान्छा महर्जन देखिएका छन्। श्रृंगार मिरा लामा, प्रकाश व्यवस्थापन शिव, सम्पादन प्रेम शर्मा पौडेल, र व्यवस्थापन मनोज केसीले सम्हालेका छन्।
गीतका निर्माता उत्सव केसी हुन्। उत्तम केसी नेपालको शब्द, अञ्जना नाल्भोको आवाज र समग्र टिमको प्रस्तुतिले यो गीतले दर्शक-श्रोताको मन जित्ने विश्वास लिइएको छ।