कांग्रेसका सांसद डा.सुनिल शर्माको पहलमा निःशुल्क कलेजो प्रत्यारोपण

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल शर्माको पहलमा काठमाडौँ मेडिकल कलेजमा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।
मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गरेका हुन् । काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।
यो जटिल सर्जरी कलेजो प्रत्यारोपण विशेषज्ञ डा.प्रविन विक्रम थापा, डा.रोशन घिमिरे, हेपाटोलोजिस्ट डा.सागर पौडेल, तथा एनेस्थेसियोलोजिस्ट डा.सुजता निरौलालगायतको दक्ष टोलीले सफल प्रत्यारोपण गरेका हुन्।
बिरामी ३० वर्षीय रक्षा विगत सात वर्षदेखि जीवन र मृत्युको संघर्ष गरिरहेकी थिइन् । उनका बुबाले भावुक हुँदै भने, ‘मेरो लागि डा.सुनिल शर्मा भगवान बन्नुभयो । डाक्टर सुनिल शर्मालाई म मनबाटै नमन गर्न चाहन्छु। हस्पिटलमा निशुल्क उपचारको व्यवस्था गर्दिनुभयो।’
काठमाडौं मेडिकल कलेज डा.शर्माको स्वामित्वमा रहेको संस्था हो। डा.शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









