‘ताराहरू’ले पायो युनिभर्सल सर्टिफिकेट, भदौ ६ मा देशव्यापी प्रदर्शन

‘ताराहरू’ले पायो युनिभर्सल सर्टिफिकेट, भदौ ६ मा देशव्यापी प्रदर्शन

काठमाडौँ । वेब प्रालिको प्रस्तुति रहेको फिल्म ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। अब यो फिल्म बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ।

फिल्म आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। २ घण्टा २९ मिनेट लामो फिल्ममा आशान्त शर्मा र मेनुका प्रधानसँगै कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु र विकास खनालको अभिनय रहेको छ।

गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनी निर्माताको रूपमा संलग्न फिल्मको निर्देशन अभिनेता शर्माले गरेका हुन्। पोस्टर रसिक राजले डिजाइन गरेका हुन्।

निर्देशक शर्माका अनुसार, ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित डार्क कमेडी शैलीमा तयार गरिएको फिल्म हो। फिल्ममा मुख्य रूपमा श्रीमान–श्रीमतीको सम्बन्धको कथा भए पनि किशोर–किशोरीको भूमिकाले पनि विशेष स्थान पाएको छ।

निर्माण टिमका अनुसार, सबै उमेर र वर्गका दर्शकका लागि मनोरञ्जनात्मक र प्रेरणादायी फिल्मको रूपमा ‘ताराहरू’ प्रस्तुत गरिएको छ।

फिल्मले मध्यम वर्गीय व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्न संघर्ष गर्दा आउने सामाजिक–आर्थिक अवरोधहरू र मानसिक दबाबका कारण हुने गलत निर्णयहरूलाई कथा मार्फत उजागर गर्ने प्रयास गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =  

Protected by Spam Master