बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

धादिङबेशी । बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूले कक्षा १२ को परीक्षामा उत्साहजनक नतिजा हासिल गरेका छन् । २०८१ को नतिजा अनुसार शंखादेवी मावि, मझिमटारले ८९.७४% प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउँदै आफुलाई अब्बल सावित गर्न सफल भएको हो । जुन नतिजा राष्ट्रिय प्रतिशत भन्दा माथि रहेको छ ।

७५ प्रतिशत चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने उक्त बिद्यालयमा कक्षा ८ सम्म अग्रेजी माध्यमबाट पठन पाठन गर्ने गरिएको छ भने २०० जना आवासिय छात्राबासमा रहि अध्ययन गर्दै आएका छन् । ३९ जनाले कक्षा १२ को परिक्षा दिएकोमा हालसालै सार्वजनिक नतिजामा ३.६४ जि.पि.ए. सहित ३५ जना बिद्यार्थी पास गराउन बिद्यालय सफल भएको बिद्यालयका प्र.अ.तिलक बहादुर प्रजाले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो । हाल शंखादेवी माविमा ५२५ जना बिद्यार्थी अध्ययनरत छन् ।

बेनिघाट रोराङ गाउँपालिकाभरिका ६ वटा विद्यालयहरूबाट कूल ३२३ जना विद्यार्थी यस बर्ष परीक्षामा सहभागी भएका थिए । तीमध्ये २२२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी ब्राइटफ्युचर मावि, मलेखु ले शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । ब्राइटफ्युचर बाट १० जना बिद्यार्थी परिक्षामा सहभागी भएका थिए ।

त्यसैगरी राष्ट्रिय मावि, खोरभञ्ज्याङले ७८.५७ प्रतिशत,बागेश्वरी मावि, रिचोकटार ७३.५३% प्रतिशत,पिपलभञ्ज्याङ मावि, तालीटीले ६४.७१ प्रतिशत र चन्द्रोदय मावि, विशालटारले ४१.१० प्रतिशत बिद्यार्थी पास गराउन सफल भएका छन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बेनिघाट रोराङ गाउँपालिकाले र विद्यालयहरूले लगनशीलता पूर्वक काम गरिरहेको संकेत यस नतिजाले दिएको छ । यस्ता सकारात्मक उपलब्धिले आगामी दिनमा अझ सुधार र प्रेरणा पुग्ने अपेक्षा गरिएको छ । पालिकाको शैक्षिक प्रगतीको निमित्त बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर थपलिया विवेक र शिक्षा युवा तथा खेलकुद शाखाको टिम अनवरत तरिकाले खट्दै आउनु भएको छ । पालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले शैक्षिक सुधार बर्ष २०८१ ले सार्थकता पाएको अनुभुती भएको बताउनु भएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   1   =  

Protected by Spam Master