ठाउँठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ- गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ ठप्प भएको छ ।
पहिरो पन्छाई सवारी सञ्चालनका लागी प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठले जानकारी दिनुभयो । पहिरो आसपासका क्षेत्रहरुमा सवारीका साधनहरुको जाम धेरै हुन नदिन प्रहरीले ठाउँ ठाउँमा सवारीका साधनहरुलाइ रोकेर राखेका छन् ।
अवरुद्ध राजमार्गका कारण संघीय राजधानीबाट बिहान बाहिरिएका सवारीका सधनहरुलगाएत राजधानी प्रवेशका लागी आएका रात्री बसहरु सडकमै रोकिएका छन् । पानी परिरहेको र पहिरो विस्तारै बगेका कारण पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
जहरे खेतको पहिरो पन्छाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान प्रहरी गरेको छ । योसँगै वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँ ठाउँमा सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








