‘ताराहरू’को ट्रेलरमा मध्यम वर्गीय संघर्ष र प्रेम त्रिकोण

काठमाडौँ । आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
श्रीमान श्रीमतीको सम्बन्धको कथामा आधारित चलचित्रको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा, मेनुका प्रधान र मिरा खड्का लगायतको अभिनय देखिन्छ । यी तीन जनाको त्रिकोणात्मक सम्बन्ध ट्रेलरमा देखिन्छ ।
फिल्ममा मेनुका पृथक चरित्रमा देखिएकी छन् । यसअघि क्लासिक पात्रको चरित्रहरुमा देखिने उनी यस चलचित्रमा बोहेमियन अर्थात् सामाजिक/संस्कृतिक रूढीहरू वा परम्परागत अपेक्षामा नबाँधिने, अनौपचारिक तरिकाले जीवन बिताउने पात्रको स्वरुपमा देखिएकी छन् ।
साथै फिल्ममा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।
यसअघि फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ ।
निर्देशक शर्माकै कथा रहेको फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ। फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नो सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउने छ । यो एक मानसिक स्वास्थ्यसँग सम्बन्धित कथा पनि भएको निर्देशक शर्माको भनाइ छ ।
वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।
सरद महतोले छायांकन गरेको फिल्ममा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्स र विपिन स्थापितको साउन्ड डिजाइन रहेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण २६, आईतवार १८:५८लायन्स क्लब अफ धादिङ हाईट द्वारा आदमघाट बजारक्षेत्रका सडक छेउमा बृक्षारोपण
समाचार२०८२ श्रावण २६, आईतवार १८:३४परिपूर्ण लोकतन्त्रको चाहना र निर्वाचन प्रणाली
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २६, आईतवार १६:३८भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
कला, विचार/मनोरञ्जन२०८२ श्रावण २६, आईतवार १६:३३‘ताराहरू’को ट्रेलरमा मध्यम वर्गीय संघर्ष र प्रेम त्रिकोण