सहारा महिला साकोसले तीज गीत प्रतियोगिता गर्ने

धादिङ, २६ साउन ।
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी भाद्र ४ गते तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । महिलाहरूको महान पर्व तीज २०८२ को अवसरमा “वर्तमान अवस्थामा सहकारी र महिलाको भूमिका” भन्ने विषयमा प्रतियोगिता हुने भएको हो ।
सहकारीको कार्यालयमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा ३ देखि ५ जना शेयर सदस्यहरू सम्मिलित समूहले सहभागिता जनाउन सक्नेछन्। सहभागिताको अन्तिम मिति भाद्र ३ गते बेलुकी ५ बजे तोकिएको छ भने फोनमार्फत पनि टिम दर्ता गर्न सकिनेछ।
कार्यक्रममार्फत महिला सदस्यहरूलाई तीजको उल्लाससँगै सहकारीको महत्व र भूमिकाबारे सचेतना फैलाउने उद्देश्य रहेको सहकारीले जनाएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम







