प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।
चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्य लगायत कलाकारको अभिनय रहेको छ।
शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘1915: लेजेन्ड अफ गोर्खाज’ पनि यसअघि नै अमेजन प्राइममा उपलब्ध छ। हाल उनी निर्देशित तेस्रो फिल्म ‘एक्लो’ सम्पादनको अन्तिम चरणमा छ।
साई प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको यस चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। विनोद सुवेदी क्षितिज निर्माता रहेको यस फिल्मको कथावस्तु सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित छ भने यसमा ‘मर्डर मिस्ट्रि’को रोचक पाटो पनि समावेश गरिएको छ।
चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादन रुपेश गुरुङको रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ









