‘कश्यप’मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु

‘कश्यप’मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु



काठमाडौं।
चर्चित टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना पहिलोपटक नेपाली रजतपटमा कदम राख्न लागेकी छन्। निर्देशक दिनेश जी खड्काले फिल्म ‘कश्यप’ का लागि नयाँ अनुहारलाई प्राथमिकता दिँदै, आभाको स्क्रिन टेस्ट र अभिनय क्षमता मूल्याङ्कनपछि उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेका हुन्।

भूमिकामा थप यथार्थता र प्रभावशाली प्रस्तुति दिन आभाले हाल एक्सन दृश्यको विशेष प्रशिक्षण गरिरहेकी छन्। निर्माण पक्षका अनुसार, यो तयारीले उनको पात्रलाई अझ दमदार बनाउन मद्दत गर्नेछ।

यसै फिल्ममार्फत बाल कलाकार रिद्धी खत्री पनि नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन्। कडा प्रतिस्पर्धी अडिसन प्रक्रियाबाट चयन भएकी रिद्धीलाई ‘कश्यप’ मा महत्वपूर्ण पात्रको जिम्मेवारी दिइएको छ। उनको अभिनयले कथामा नयाँपन र गहिराई थप्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

यसअघि, फिल्मको फष्टलुक पोस्टरमा एक्सन हिरो सविन श्रेष्ठलाई प्रस्तुत गरिँदा दर्शकमाझ उत्सुकता थपिएको थियो। प्रेम, एक्सन र संगीतको आकर्षक संयोजनसहित ‘कश्यप’ पूर्ण रूपमा मनोरञ्जनात्मक फिल्म हुने र चाँडै छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   1   =  

Protected by Spam Master