डोटीमा पानी नपर्दा बीउ काट्दै किसान, मुख्यमन्त्रीलाई खुला पत्र

डोटी- एकातिर सलल कर्णाली नदी बगेको छ अर्को तर्फ ठुलिगाड बर्खा याममा कहिले खेत डुबानमा पर्छ कहिले बस्ती जोखिममा तर यस वर्ष ठिक उल्टो भएको छ । पानी नपर्दा जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर -३ घाङल ओखलढुङ्गाका किसान अहिले मारमा परेका छन् ।
रोप्नलाई ठिक्क पारेको धानको बीउ । पानी नपरे पछि स्थानीयले बीउ नै काट्न थालेका छन् । भने बर्षौ देखि सिचाइ कुलोको माग गर्दा समेत प्रदेश सरकारले माग सम्बोधन नगरे पछि प्रदेश सरकार र मुख्यमन्त्री लाई नेपाली काँग्रेसका बडिकेदार गाउँपालिकाका सचिव समेत रहनु भएका स्थानीय सिद्ध राज विष्टले मुख्यमन्त्री लाई खुला पत्र लेखेका छन् साहलाई सामाजिक सञ्जाल (फेसबुक )मार्फत खुला पत्र लेख्दै आफ्नो गुनासो र माग सार्वजनिक गर्नुभएको छ।
उहाँले तीन पटकसम्म मुख्यमन्त्री भइसकेका साहको कार्यकालमा पनि आफूले वर्षौँदेखि अगाडि सारेको बडिकेदार गाउँपालिका ३ ओखलढुङ्गा ‘खनिया ताल–देउथान–चाका–गाजरी–बेवरा–ओखलढुङ्गा सिँचाइ योजना’ आजसम्म कार्यान्वयन नहुनुमा गहिरो दुःख व्यक्त गर्नुभएको छ।
पत्रसँगै उहाँले सामाजिक सञ्जालमार्फत एक तस्बिर पनि सार्वजनिकगर्नुभएको छ, जसमा सिँचाइको अभाव र अकासे पानी नपर्दा धान रोप्न नसकी धानको ब्याडमै बीउ काटिरहेको दृश्य देखिएको छ ।
उक्त तस्बिर मार्फत उहाँले किसानहरूको वास्तविक पीडा स्पष्ट रूपमा देखाउन खोज्नु भएको छ ।
विष्टले पत्रमा आफूले कहिल्यै व्यक्तिगत लाभका योजना नमागेको तर किसानका लागि अत्यन्तै महत्त्वपूर्ण सिँचाइ आयोजना बेवास्ता हुनु दुखद भएको उल्लेख गर्नुभएको छ।
“तपाईँहरूलाई बासमती र मार्सीको चामल पुग्ला तर गाउँका झुपडीमा बस्ने किसान कसरी बाच्ने?” भन्दै उहाँले सुदूरपश्चिममा युवाहरूको विदेश प्रवास रोक्ने र पहाडी बस्ती खाली हुन नदिने राजनीतिक भाषणहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ।
उहाँका अनुसार ठुली गाड नदीबाट सिँचाइको प्रचुर सम्भावना भए पनि यसको उपयोग नहुनु गम्भीर विडम्बना हो। पत्रमा उहाँले मुख्यमन्त्रीको सचिवालयमा वास्तविक जनगुनासो सुन्ने संस्कृतिको कमी रहेको र साना गुटगत स्वार्थमै सीमित हुने प्रवृत्ति हावी रहेको आरोप लगाँउनु भएको छ । अन्त्यमा उहाँले मुख्यमन्त्री साहलाई एक पटक आएर उक्त क्षेत्रको वास्तविक अवस्था बुझ्न र किसानहरूको पीडा प्रत्यक्ष अवलोकन गर्न आग्रह गर्नुभएको छ।
विष्टले सामाजिक सञ्जालमा मुख्यमन्त्रीलाई लेखेको पत्र यस्तो छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई







