पोखरा इन्जिनियरिङ कलेजः इन्जिनियरिङ शिक्षाको अग्रणी संस्था

पोखरा इन्जिनियरिङ कलेजः इन्जिनियरिङ शिक्षाको अग्रणी संस्था

तारा पौडेल/ पोखरा

पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी सन् १९९९ (वि.सं. २०५६) मा स्थापना भएको पोखरा इन्जिनियरिङ कलेज (PEC) साविक पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ शिक्षा दिने कलेजका रूपमा परिचित छ । शुरुवातमा स्नातक तहको सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै कलेजले सन् २००० (वि.सं. २०५७) मा कम्प्युटर इन्जिनियरिङ सुरु ग¥यो ।

कलेजले २००९ मा स्नातकोत्तर तहमा इन्जिनियरिङ अध्यापन सुरु ग¥यो, जुन यस क्षेत्रमै उपब्ध नरहेका नयाँ विषयहरु अध्यापन गराउन थालिएको प्रशासन प्रमुख चिजकाजी गुरुङले बताए । उनका अनुसार यसपछि २०१७ मा Bachelors in Architecture र २०२३ मा Bachelors of Engineering in Information Technology (BEIT) कार्यक्रम सुरु गर्दै नयाँ र दुर्लभ विषयसमेत सञ्चालनमा ल्याएको छ । हालसम्म कलेजले करिब १,५०० स्नातक र २५० स्नातकोत्तर इन्जिनियर उत्पादन गरिसकेको छ । उनीहरू मध्ये धेरैजना जस मध्ये धेरैजना सरकारी, गैर सरकारी र  स्थानीय तहका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा स्थापित भएका छन ।पोखरा इन्जिनियरिङ कलेजः इन्जिनियरिङ शिक्षाको अग्रणी संस्था

‘पोखरा इन्जिनियरिङ कलेज पश्चिमाञ्चलमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ शिक्षा अध्यापन गराउने पहिलो कलेज हो । यो हाम्रो अनुभव, प्रमाण र गौरवको धरोहर हो ।’ कलेज प्रशासक गुरुङ भन्छन् ‘हामी विद्यार्थीलाई आवश्यक सबै प्रकारका ज्ञान दिएर न्यून शुल्कमा दक्ष प्राविधिक उत्पादन गर्दछौं ।’

सुविधा र विशेषता

कलेजमा अत्याधुनिक ल्याब, समृद्ध पुस्तकालय, कम्प्युटर सुविधा, र AI (एआई) ल्याब सञ्चालनमा छन् । सिभिल, कम्पुटर र आर्किटेक्चर विषयका लागि छुट्टाछुटै ल्याबहरु उपलब्ध छन् । सिभिल इन्जिनियरिङका लागि अन्य कलेजका विद्यार्थीसमेत ल्याब गर्न आउँछन् भने आर्किटेक्चरका लागि छुट्टै डिजाइन स्टुडियो छ । पुस्तकालयबाट विद्यार्थीलाई हरेक सेमेस्टरमा विषयगत एकमुष्ट पुस्तक दिने गरिन्छ । साथै पुस्तकालयमा रेफरेन्सका लागि अध्ययन गर्न पनि पाईन्छ ।

आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष छत्रवृत्तिको व्यवस्था रहेको छ । हरेक सेमेस्टरमा टप गर्ने विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षा, र विश्वविद्यालयको छात्रवृत्ति कोटा बाहिरका विद्यार्थीलाई समेत सहयोग गर्ने प्रावधान रहेको छ । हाल कलेजमा करिब १,००० विद्यार्थी अध्ययनरत छन् ।

शैक्षिक गुणस्तर र परियोजना गतिविधि

कलेजमा अनुसन्धन तथा परियोजना प्रवद्र्धनका लागि Research Management Cell (RMC) स्थापना गरिएको छ, जसको नेतृत्व PHD प्राप्त सल्लाहकारद्वारा गरिन्छ । सिभिल, इलेक्ट्रोनिक्स, र कम्प्युटर समूहका संयोजकहरू, साथै RMC को माध्यमबाट विद्यार्थीहरुको फ्याकल्टिगत अनुसन्धानात्मक क्लबहरु गठन गरी अनुसन्धानका कार्यहरुलाई कलेजले अगाडि बढाउने गर्दछ । हरेक दुई वर्षमा ‘एक्स्पो’आयोजना गरेर विद्यार्थीका सिर्जनात्मक कामहरू प्रदर्शन गरिन्छ ।

गत सेमेस्टरमा कम्प्युटर, IT, सिभिल, र आर्किटेक्चरका २३ विद्यार्थीले ४.० GPA ल्याएका छन् । इन्टर्नसिप कार्यक्रमबाट धेरै विद्यार्थीले अध्ययनकै क्रममा रोजगारीको अवसर पाएका छन् ।

गुणस्तरीय र व्यावहारिक शिक्षा

नेपाल इन्जिनियरिङ काउन्सिलबाट ‘A Grade’ को स्थायी मान्यता प्राप्त कलेजले विहान ६ बजेदेखि राति ९ बजेसम्म कक्षा सञ्चालन गरेर विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने गरेको छ ।

प्रशासन प्रमुख गुरुङ भन्छन्, ‘हाम्रो उद्देश्य न्युनतम शुल्कमै उच्चस्तरीय शिक्षा उपलब्ध गराउनु हो । अनुभव, प्राविधिक दक्षता, र व्यावहारिक शिक्षाबाट सुसज्जित इन्जिनियर उत्पादन गर्दै हामी सेवाका लागि सधैं तयार छौं ।’

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19275, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   3   =  

Protected by Spam Master