पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, डा.शर्मा भन्छन्, ‘हाम्रो सामूहिक सपना पूरा भयो’

काठमाडौं । वर्षौंको प्रतीक्षा र राजनीतिक, प्रशासनिक उतारचढावबीच पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमा आएको छ। मोरङ–३ का सांसद तथा नेपाली कांग्रेसका नेता डा.सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धि भनेका छन् । यो मेडिकल कलेज सञ्चालनको प्रयास नयाँ होइन ।
वि.सं. २०६१/२०६२ तिरै सञ्चालनको तयारी पूरा भए पनि जनआन्दोलनका कारण प्रक्रिया रोकिएको थियो। त्यसपछि विभिन्न सरकार बने, मन्त्री फेरिए, प्रतिनिधिहरू आए/गए, तर मेडिकल कलेजको सञ्चालन कार्यान्वयनमा आउन सकेन ।
पुष्पकमल दाहाल ूप्रचण्डू नेतृत्वको सरकारमा, डा.सुनील कुमार शर्माको पहलमा, मन्त्रिपरिषद् मार्फत कोशी अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, विभिन्न कारणले उक्त निर्णय कार्यान्वयन हुन सकेन।निर्णय कार्यान्वयन नहुने भएपछि, मेडिकल कलेज सञ्चालनको सपना फेरि नयाँ चरणबाट अघि बढाउनुपर्यो।
यसपटक योजनालाई पुनर्जीवित गर्न डा.शेखर कोइराला र डा.शर्मा दुवै अग्रसर भए। स्थायी समाधानका लागि दीर्घकालीन रणनीति तयार पार्दै, उनीहरूले लगातार प्रधानमन्त्री, मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग प्रत्यक्ष संवाद गरे। सरकारी संयन्त्रमा आवश्यक नीतिगत सुधारका लागि दबाब सिर्जना गरे र पूर्वाञ्चल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगसँग प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्न सक्रिय भूमिका खेले। यहि अडिग प्रतिबद्धता, निरन्तर पहल र सशक्त संवादको परिणामस्वरूप, दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि अन्ततः मेडिकल कलेज सञ्चालन सम्भव भएको हो।
डा.शर्माले भने, ‘यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्र होइन, यो कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात हो । लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।’
उनीमाथि विगतमा केहीले मेडिकल कलेज सञ्चालन रोकेको आरोप लगाएका थिए । तर, आजको सफलताले ती आरोपहरू असत्य सावित भएको छ । ‘आजको दिनले प्रमाणित गर्यो कि डा.शर्मा स्वास्थ्य क्षेत्र र देशको समग्र विकासका लागि निरन्तर संघर्षरत नेता हुन्,’– एक स्थानीय नागरिकले भने ।
यस ऐतिहासिक उपलब्धिको अवसरमा डा.शर्माले योगदान दिने सबै पक्ष प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा.शेखर कोइराला, राष्ट्रिय सभा सदस्य गोपी अछामी, गठबन्धन सरकारका नेता, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, पूर्वाञ्चल विश्वविद्यालयका कुलपति र डिन, मोरङका स्थानीय नेता, संघ÷संस्था, बुद्धिजीवी र आम नागरिकप्रति आभार व्यक्त गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा लेख्दै मेडिकल कलेज सञ्चालनलाई ‘विश्वविद्यालय स्थापनाको ३ दशकपछि प्राप्त ऐतिहासिक उपलब्धि’ भनेका छन्। उनले लेखेका छन्, ‘यस क्षेत्रका सांसद नेपाली कांग्रेसका नेता मा। डा। शेखर कोइरालाज्यू, मा.डा.सुनील शर्माज्यू, जन प्रतिनिधिज्यूहरू, विश्वविद्यालयका पदाधिकारीज्यूहरू सबै प्रति हार्दिक आभार, धन्यवाद, बधाई ।’
जनप्रतिनिधि भनेको केवल पद धारण गर्ने व्यक्ति मात्र होइन, जनताको सपना, पीडा र आकांक्षालाई आफ्नो धड्कनमा बोकेर हिँड्ने जिम्मेवार अभिभावक हो । डा.सुनील कुमार शर्मा यस्तै दुर्लभ नेतामध्ये एक हुन् , जसको राजनीति सत्ताको सुविधा होइन, सेवाको संकल्पमा आधारित छ । जनताको आवाज सुन्ने धैर्य, समस्या समाधान गर्ने दृढता, र परिणाम देखाउने क्षमता उनको पहिचान बनेको छ । आफ्नो क्षेत्रका स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा देखाएको निरन्तर पहलले उनले प्रमाणित गरेका छन् कि जनप्रतिनिधि भनेको केवल वाचा गर्ने होइन, प्रत्यक्ष परिणामका लागि जिम्मेवारीपूर्वक काम गर्ने हो । यो उपलब्धिले देखाएको छ कि उनले आफ्नो मतदातालाई गरेको वाचा पूरा गरेका छन् र निर्वाचित भएपछिको छोटो अवधिमै ऐतिहासिक सफलता हासिल गरेका छन् ।
उनी केवल सांसद मात्र होइनन्, एक आदर्श, एक प्रेरणा र नेतृत्वका लागि अनुकरणीय उदाहरण हुन् । स्थानीयवासीहरूले मेडिकल कलेज सञ्चालनलाई क्षेत्रको इतिहासमा नयाँ अध्यायका रूपमा स्वागत गर्दै, यसले प्रदेशको स्वास्थ्य, शिक्षा र रोजगारीको स्वरूपलाई पूर्णरूपमा परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन्।
डा। शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो भन्ने सन्देशलाई बलियो बनाएका छन्।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा
खेलकुद२०८२ आश्विन २९, बुधबार ०७:३६आज ओमानविरुद्ध भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २८, मंगलवार २०:३०प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई