‘नर्दर्न टेरिटोरी स्ट्राइकर’विरुद्धको खेलमा नेपालले टस जित्यो

‘नर्दर्न टेरिटोरी स्ट्राइकर’विरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, ३० साउन । अस्ट्रेलियाको डार्विनमा सञ्चालन भइरहेको टप एण्ड टी–२० सिरिजमा आफ्नो उद्घाट्न खेलमा नेपालले टस जितेको छ । टस हारेसँगै अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले पहिला ब्याटिङको निम्तो पाएको छ ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितसँगै विकेट किपर आसिफ शेख, लोकेस बम, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश सिह, सोमपाल कामी, सन्दीप लामिछाने र शाहब आलम छन् ।

पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   1   =  

Protected by Spam Master