‘नर्दर्न टेरिटोरी स्ट्राइकर’विरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, ३० साउन । अस्ट्रेलियाको डार्विनमा सञ्चालन भइरहेको टप एण्ड टी–२० सिरिजमा आफ्नो उद्घाट्न खेलमा नेपालले टस जितेको छ । टस हारेसँगै अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले पहिला ब्याटिङको निम्तो पाएको छ ।
अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितसँगै विकेट किपर आसिफ शेख, लोकेस बम, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश सिह, सोमपाल कामी, सन्दीप लामिछाने र शाहब आलम छन् ।
पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








