‘१२ औं छायाँछबि तीज म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं । नेपाली मौलिक सांस्कृतिक पर्व तीजको अवसरमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’ को यो वर्षको १२औं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ।
नेपाली समाजका चाड पर्वले संगीतको मौलिकता जोगाउँदै त्यसको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको सन्दर्भमा, तीज पर्वले विशेष गरी महिलाको स्वरमार्फत लोक सांगीतिक विधालाई जीवन्त बनाउँदै आएको छ। यद्यपि पछिल्लो समय तीजका गीतहरूमा बढ्दो अश्लीलता र भड्किलोपनको आलोचना समेत भइरहेको सन्दर्भमा, तीजको मौलिकता जोगाउँदै सांस्कृतिक मूल्यमान्यतालाई सम्मान गर्ने उद्देश्यसाथ छायाँछबि तीज म्युजिक अवार्ड – २०८२ आयोजना हुन लागेको हो।
संस्थाले एक विज्ञप्तिमार्फत अवार्डका लागि विभिन्न १६ विधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गर्दै सबै सर्जक, श्रष्टा, गायकगायिका तथा कलाकारप्रति आभार व्यक्त गरेको छ।
वर्षभरि तीजका अवसरमा प्रकाशित भएका गीतहरूमध्येबाट छनोट गरिएका उत्कृष्ट ५ मनोनयनमा परेका श्रष्टाहरूलाई बधाई दिँदै आयोजकले अवार्ड कार्यक्रम भदौ ६ गते, राजधानीको धुम्बाराहीस्थित लेभिस गार्डेनमा आयोजना गरिने जानकारी दिएको छ।
उत्कृष्ट ५ मनोनयनमा परेका केही प्रमुख विधाहरू यसप्रकार छन्:
१. उत्कृष्ट तीज गीत एरेन्जर:
श्यामश्वेत रसाइली (न त बने हिरोइन), सञ्जय श्रीपाल (शिरफूल हरायो रे), पवन विश्व (नजिक नजिक सरन), विपिन आचार्य (आइपुग्यो तीज), नरेन्द्र वियोगी (बामरी बसायो)
२. उत्कृष्ट तीज गीत ध्वनी मिश्रण:
कुमार राना, सञ्जय श्रीपाल, खड्ग बाजुराली, विपिन आचार्य, मनोज परियार
३. उत्कृष्ट तीज गीत छायांकार:
सरोज शाही, बुद्ध थापा, आरडी दुलाल, नवराज उप्रेती, मुकेश हुमागाई
४. उत्कृष्ट तीज गीत सम्पादक:
अमृत चापागाई, राजेश कुमार, नवीन घर्ति मगर, मिलन विश्वकर्मा, सुजन कोइराला
५. उत्कृष्ट तीज गीत मोडल (पुरुष):
राजन अधिकारी, शंकर बी.सी, सञ्जय बुढाथोकी, भुवन के. पोखरेल, जी.भी. चिरन
६. उत्कृष्ट तीज गीत मोडल (महिला):
यशु भट्टराई, निरुता शाही, नीति शाह, स्मारिका ढकाल, अञ्जलि अधिकारी
७. उत्कृष्ट तीज गीत नृत्य निर्देशक:
सञ्जय विश्वकर्मा, सुनील क्षेत्री, सुरेन्द्र बसेल, केशव राज भट्ट, श्रीजन बराल ऋषि
८. उत्कृष्ट तीज गीत भिडियो निर्देशक:
गम्भीर बिष्ट, नीतिन चन्द, जेरी भण्डारी, श्रीजन बराल ऋषि, शंकर बी.सी
९. उत्कृष्ट तीज गीत शब्द:
डीपी खनाल, जनक रावल, नेत्र अर्याल, श्रीकृष्ण वम मल्ल, शुष्मा देवकोटा
१०. उत्कृष्ट तीज दोहोरी गीत गायिका/गायक तथा युगल गायन लगायतका विधामा समेत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति देखिएको छ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार, विगत वर्षहरूमा जस्तो गीतहरूको संख्या यो वर्ष थोरै भए पनि मौलिकता, सन्देश र सांस्कृतिक धर्म निभाउने प्रयासको कदर स्वरूप अवार्ड निरन्तरता दिइएको आयोजकको भनाइ छ ।
अन्त्यमा आयोजकले सबै नामाङ्कनमा परेकाहरूलाई बधाई दिँदै, नेपाली मौलिक गीत–संगीतलाई प्रवर्द्धन गर्न यस्ता अवार्ड कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









