मानव पाइला नपरेका नेपालका यी हिमाल जहाँ जो चढ्छ रेकर्ड बन्छ (सूचिसहित)

मानव पाइला नपरेका नेपालका यी  हिमाल जहाँ जो चढ्छ रेकर्ड बन्छ (सूचिसहित)

काठमाडौँ– नेपाल हिमालै हिमालले भरिएको देश हो । विश्व समुदाय र संचारमाध्यमले नेपाललाई व्याख्या गर्दा ‘हिमाली देश’ यहि कारण भन्छन् । विश्वका आठ हजार भन्दा अग्ला १४ हिमालमा ८ हिमाल नेपालमै छन् । आठ हजार मिटरमाथिका हिमाल नेपालमा दुई प्रदेशमा बाँडिएका छन् । कोशीमा मात्रै ५ हिमाल छन् भने बाँकी ३ हिमाल गण्डकी प्रदेशमा छन् । कोशीमा सगरमाथा, कंचनजंघा, ल्होत्से, मकालु र चो ओयु छन् । गण्डकीमा मनास्लु, धौलागिरी र अन्नपुर्ण छन् ।

नेपाल पर्वतारोहण संघको तथ्यांक अनुसार नेपालका १३ सय हिमालहरु चढ्न लायक छन् । तर सरकारले अनुमति दिएका हिमालहरु भने ४६१ वटा छन् । यि अनुमति पाएका हिमालहरुमा पनि १०२ हिमाल छन् । नेपाल सरकारको हिमाल क्षेत्र हेर्ने आधिकारिक निकाय पर्यटन विभागको आँकडा अनुसार नेपालका १०२ हिमालमा मानव पाइला गरेको छैन ।

मानव पाइला नपरेका हिमालहरुमा आरोहणको लागि प्रोत्साहन गर्न थालिएको बताउनु हुन्छ विभागका निर्देशक तथा यहि महिना सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनका संयोजक हिमाल गौतम । गौतमका अनुसार सन २०२५ को वसन्त मौसमसम्म नचढेका १०२ नेपाली हिमालहरुको सूची र उचाई यस्तो छः

१. आशाज्या टापु पश्चिम (६०५५ मिटर)
२. चाबुक (६९६० मिटर)
३.चागो (६८९३ मिटर)
४. चनाबोलो (५८९७ मिटर)
५. चाङ्दिि पूर्व (६३२८ मिटर)
६. चाङ्ला खाङ (६५८१ मिटर)
७. चाङ्ला खाङ पश्चिम (६२३३ मिटर)
८. चाउ पूर्व (६५५७ मिटर)
९.चौ चुली (६४०४ मिटर)
१०. छोचेन्फू उत्तर (६१४३ मिटर)
११. छोछेन्फू हिमाल (६२६० मिटर)
१२. छुआमा चौथो (६१७९ मिटर)
१३. छुआमा चुली प्रथम (६३६६ मिटर)
१४. छुआमा चुली द्धितिय (६३२५ मिटर)
१५. छुआमा चुली त्रितिय (६२६८ मिटर)
१६. छोतारी (६९३४ मिटर)
१७. छुम्बु उत्तर (६८२२ मिटर)
१८. चुन्जेन चाङ्मा (६२२९ मिटर)
१९. धजाने (६७१० मिटर)
२०. धौलागरी (६६३२ मिटर)
२१. दोग्रि हिमाल (६५३६ मिटर)
२२. फ्रिनकोप पूर्व (६७३० मिटर)
२३. गणेन चौथो (६९०८ मिटर)
२४. घोडचढी (६००१ मिटर)
२५. घुस्टुङ उत्तर (६५२९ मिटर)
२६. ग्याम्बु चुली (५८७० मिटर)
२७. ग्यून हिमाल द्धितिय (६०२९ मिटर)
२८. ग्यून हिमाल त्रितिय (६०२७ हिमाल)
२९. गोरख हिमाल (६०९२ मिटर)
३०. होङ्दे पश्चिम (६३३८ मिटर)
३१. चाबौरी उत्तर (६११२ मिटर)
३२. जुगल चार (५९३६ मिटर)
३३. ज्याङचे (५८९३ मिटर)
३४. ज्याङ्लातुन्पु चुली (६०६२ मिटर)
३५. काइपुचोनाम उत्तरपश्चिम (६२१८ मिटर)
३६. काइपुचोनाम पश्चिम (६०९३ मिटर)
३७. काम्बुङ चुली (६५७० मिटर)
३८. काँडेहिमचुली (६६२७ मिटर)
३९. कान्जेरावा (६६१२ मिटर)
४०. कान्ति मध्य (६२७५ मिटर)
४१. कान्ति हिमाल (६८५९ मिटर)
४२. केक्याप रि प्रथम (६१८७ मिटर)
४३. केक्याप रि द्धितिय (६०११ मिटर)
४४. खाङ्ग्री पश्मि (६७७३ मिटर)
४५. खायान (६१८६ मिटर)
४६. खिउरीकाला (५८०६ मिटर)
४७. कोगी खाङ (६०९५ मिटर)
४८. कोक्थाङ (६१४८ मिटर)
४९. कुम्बात्से (६६३९ मिटर)
५०. लान्पो चुली (६९५५ मिटर)
५१. लायुल चुली (६३९७ मिटर)
५२. लिन्त्रेन (६७१३ मिटर)
५३. लोसार द्धितिय (६८६० मिटर)
५४. लुम्बो हिमाल (६२५० मिटर)
५५. लुनाधार काङ (५८०७ मिटर)
५६. महालंगुर चुली (६४४५ मिटर)
५७. मन्साइल पूर्व (६१८६ मिटर)
५८. सिसिमा चुली (६२७० मिटर)
५९. मुस्ताङ हिमाल द्धितिय (६१५० मिटर)
६०. नाम्पा (६७५५ मिटर)
६१. नाम्पा द्धितिय (६७०० मिटर)
६२. नाम्पा त्रितिय (६६१८ मिटर)
६३. नाम्पा दक्षिण (६५८० मिटर)
६४.नाङ्गामारी उत्तरपूर्व (६३७१ मिटर)
६५. नोबुक (५९४५ मिटर)
६६. नुप्चु (६०४४ मिटर)
६७. न्यालु (६२६५ मिटर)
६८. पाबुक खाङ पूर्व (६२७९ मिटर)
६९. पाबुक खाङ सुदुरपूर्व (६२५२ मिटर)
७०. पाल्चुङ प्रथम (६१५९ मिटर)
७१. पाल्चुङ द्धितिय (६०२५ मिटर)
७२. पाल्चुङ त्रितिय (६००९ मिटर)
७३. पामल्का (६३४४ मिटर)
७४. पानालोतापा (६६८७ मिटर)
७५. पाङबुक उत्तर (६४७८ मिटर)
७६. पासुवो (६१७७ मिटर)
७७. पाथिभरा उत्तरपूर्व (६८५७ मिटर)
७८. पाथिभरा दक्षिणपूर्व (६८६८ मिटर)
७९. चौथो चुली (६७३६ मिटर)
८०. पुन्चेन हिमाल (६०४९ मिटर)
८१. रोल्वालिङ खाङ उत्तर (६५२६ मिटर)
८२. रोङसार रि द्धितिय (६४९२ मिटर)
८३. रोथोङ (६६८२ मिटर)
८४. सात चुली (६२२० मिटर)
८५. सेनुप (६२६५ मिटर)
८६. शान्तिशिखर (७५९१ मिटर)
८७. सार्फू प्रथम (७०७० मिटर)
८८. सार्फू त्रित्रिय (६८८५ मिटर)
८९. सार्फू चौथो (६४३३ मिटर)
९०. सार्फू छैटौ (६०७६ मिटर)
९१. सोबितोङगी (६६७० मिटर)
९२. तान्क्या द्धितिय (६२९१ मिटर)
९३. तान्क्या त्रित्रिय (६२६१ मिटर)
९४. तान्क्या चौथो (६२५४ मिटर)
९५. ताप्ले शिखर (६३४१ मिटर)
९६. थाक्मोर्पा उत्तरपूर्व (५९६४ मिटर)
९७. तिन्जे चुली (५९८४ मिटर)
९८. छो कारोप काङ (६५५६ मिटर)
९९. यान्मे खाङ दक्षिणपूर्व (६४७५ मिटर)
१००. यार्साङ खाङ (५८९७ मिटर)
१०१. योकोपहार (६४०१ मिटर)
१०२. योलुङमा खाङ (६११४ मिटर)

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   6   =  

Protected by Spam Master